०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

विभिन्न पार्टी परित्याग गरि दर्जनौं राजनीतिकर्मी जनमतमा प्रवेश

Logo
प्रकाशित सोमबार, माघ ०६, २०७६

न्यूजमधेश सम्बादाता
राजविराज,६माघ।विभिन्न पार्टी परित्याग गरि राजविराजमा आयोजित एक कार्यक्रम बिच डेढ दर्जन भन्दा बढी राजनितिकर्मीहरुले डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेको छ । राजविराजको दासधर्मशालाको सभाहलमा जनमत पार्टी सप्तरीका संयोजक चन्देश्वर मण्डल (किसान) को अध्यक्षतामा सोमबार आयोजना गरिएको अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छन् ।

राजपाबाट छिन्नमस्ता गाउँपालिका वडा नम्बर ५ का बुुल बुल मेहता, सोही गाउपाँलिका वडा नम्बर ६ का गोविन्द मण्डल (बौवैन), राजविराज ४ का दिनेश साह, समावादीबाट रामविलास सरण, छिन्नमस्ता ५ का सुमन शर्मा, ऐमालेबाट राजविराज ३ का नन्दी रामलगायतले जनमत पार्टीमा प्रवेश गरेका छन् ।

यसै गरी छिन्नमस्ता ४ का रामवतार यादव, सुर्य ना. पैकरा, समाजवादीबाट कपिल देव राम, छिन्नमस्ता ६ का कुशेश्वर मण्डल, हनुमान नगर कंकालिनी नगरपालिका २ का जय प्रकाश गोइत, नर्घोका मो. मौलाना खान, चन्दन साह, भोला प्रसाद यादव, जलेश्वर साफीलगायतले जनमत पार्टीमा प्रवेश गरेको हो ।

साेही कार्यक्रममा गैर अावासीय मधेसी संघकाे सप्तरीमा पञ्चलाल मधेसीकाे नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । सन्तोष विश्वास, पञ्चदेव माझी, शम्भु प्रसाद मण्डल, धिरेन्द्र कमार राम, राजेन्द्र दास, श्याम नारायण ईसर, दिपेन्द्र मण्डल, हिरालाल शर्मा, राजेश यादव, उमेश प्रसाद, दिपेन्द्र मण्डल, बद्री माझी, कृष्णा साह, सदानन्द मुखियालगायतले सदस्यमा रहेका छन् ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य अबदुल खान, केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीकाे समेत उपस्थिती रहेको थियो । कार्यक्रममा उद्घाेषान युवा जनमत संघ सप्तरीका संयाेजक मनाेज यादवले गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]