०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

आँखा अस्पतालमा सुधारको माग गर्दै,समितिद्वारा तालाबन्दी

Logo
प्रकाशित मंगलबार, माघ ०७, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,७माघ।जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा सुधारको माग गर्दै सुधार संघर्ष समितिले तालाबन्दी गरेका छन् ।कानुन विपरीत मेडिकल निर्देशकले अस्पताल सञ्चालन गरेको भन्दै संघर्ष समितिले सोमबार तलाबन्दी गरेका छन् ।

संघर्ष समितिका अध्यक्ष श्याम सुन्दर झा अनुसार नेतृत्वमा पुगेका पदाधिकारीहरुले मनोमानी अस्पताल चलाएको आरोप लगाएका छन् ।

अस्पतालको विधान अनुसार मेडिकल निर्देशक नियुक्त हुनुपर्ने, आपत्तकालिन समय बाहेक अस्पतालको प्रमुख प्रवेशद्धार खुल्ला रहनु पर्ने, नियमानुसार गैर अभ्यास पूर्णरुपमा लागु हुनुपर्ने, रिक्त स्थानको पदपूर्ति गर्दा सार्वजनिक सूचना प्रकाशन गरी प्रतिस्पर्धाको आधारमा गर्नुपर्ने, अस्पतालको सामान बाहिरबाट खरिद गर्दा नेपाल सरकारको प्रचलित आर्थिक ऐन अनुसार गर्नुपर्ने लगायतका ८ बुँदे माग गरेका छन् ।

यस्तै, अस्पताल परिसरभित्र सर्वसुलभ ढंगले देखिनेगरि नागरिक वडापत्र राख्नुपर्ने, तत्कालिन संघर्ष समिति र जानकी आँखा अस्पतालको व्यवस्थापन समिति गठन हुनुपर्ने, चेकजाँच गर्ने क्रममां औषधी र चश्माको लागि कोठा नम्बर किटान गरी सेवाग्राहीलाई वर्ग लाउने कार्य मौलिक अधिकार विपरित भएकाले अविलम्ब उक्त कार्य बन्द गरी आँखा जँचाउन आएका विरामीले स्वतन्त्र रुपले चश्मा र औषधी खरिद गर्न पाउनुपर्ने लगायतका माग समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख रहेको छ ।

अस्पतालको अवस्था सुधारका लागि यसअघि पुस १४ गतेसमेत समितिदे विरोध स्वरुप धर्ना बसेका थिए । तर, अस्पताल प्रशासनले समितिको सबै कुरा अस्वीकार गरेका छन् । कानुन संवत नै सबै कार्य भइरहेको जनाएका छन् । अस्पतालको हितमा सर्बसहमती अनुसार अस्पताल राम्ररी चलिरहेको दावी गरेका छन् । केही बाहिरी तत्वले मात्रै हो हल्ला र निर्देशकलाई काम गर्न असहज गरेको उनीहरुको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]