०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

२० वर्ष मुनिका छोरीको विवाह नगर्न प्रदेशबासीसँग मन्त्री साहको आग्रह

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,८ माघ। प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले २० वर्ष मुनिका छोरीको विवाह नगर्न प्रदेशबासीसँग आग्रह गरेका छन्।

‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत जनकपुरधामको सकल भवन कन्या माध्यमिक विद्यालयका छात्रालाई व्याग र स्यानेटरी प्याड वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले २० वर्ष मुनिका छोरीलाई विहे गरी मृत्युको मुखमा नपुर्‍याउन आग्रह गरेका हुन्। उनले सानै उमेरमा छोरीको विवाह गरी ठूलो पाप गरिरहेको कुरा सबैले बुझ्नुपर्ने बताए।

मन्त्री साहले अहिले प्रायः १५/१६ वर्षमै छोरीको विहे गर्ने चलन कायमै रहेकोप्रति दुःख व्यक्त गरे। उनले भने, ‘१५/१६ वर्षमा विहे गर्छन्। २० वर्षमा ३/४ छोरा-छोरी जन्माउँछन्। अनि २५ वर्षमा मृत्यु हुन्छ।’ उनले २० वर्ष कसरी पर्खिँदा भाग्ने डर हुने गरेको गुनासो धेरैले आफूसँग गर्ने गरेको बताए। मन्त्री साहले भने, ‘समाज सभ्य छ भने कसरी छोरी भाग्न सक्छन् ? यदि सानै उमेरमा भागेर विहे गर्दा आफ्नै हत्या गरिरहेको कुरा पनि छोरीले बुझ्नुपर्छ।’ उनले समाज सभ्य बनाउन पनि छोरीलाई पढाउनुपर्ने र प्रदेश सरकार त्यही सोचेर ‘बेटी बचाऊ, बेटी बढाऊ’ अभियान चलाएको पनि बताए।

विद्यालयमा नर्सको दरबन्दी

मन्त्री साहले यस विद्यालयमा प्राविधिक शिक्षा पठन पाठनको व्यवस्था गर्न २५ लाख बजेट विनियोजन गरेको जानकारी दिए। उनका अनुसार अगामी शैक्षिक सत्रबाट प्राविधिक शिक्षा पठन-पाठन सुरु हुन्छ। यस्तै विद्यालयमा अगामी फागुनदेखि एक जना नर्सको दरबन्दी कायम गरिने पनि मन्त्री साहले बताए। विद्यालयमा छात्रामा भइरहेका विभिन्न स्वास्थ्यका समस्या समाधानका लागि नर्सको दरबन्दी कायम गर्न लागेको उनको भनाई छ।

व्याग र स्यानेटरी प्याड वितरण

उक्त विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रालाई व्याग र कक्षा ८ देखिमाथि कक्षामा अध्ययनरत छात्रालाई स्यानेटरी प्याड वितरण गरिएको छ। मन्त्री साह, जनकपुरधामका प्रमुख लालकिशोर साह, प्रदेश सांसद प्रमेश्वर साहले छात्रालाई व्याग र स्यानेटरी प्याड वितरण गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]