०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

नेपाल अवधी पत्रकार संघको अधिवेशन माघ ११ गते हुने

Logo
प्रकाशित बिहिबार, माघ ०९, २०७६

न्यूजमधेश सम्बादाता
कपिलवस्तु ,९ माघ।नेपाल अवधी पत्रकार संघ कपिलवस्तुको जिल्ला अधिवेशन हुनेभएको छ । अवधी भाषा, कला सांस्कृती संरक्षणका लागि पत्रकारीतामा क्रियाशिल पत्रकारहरुको छाता संगठनको रुपमा अघी बढदै गरेको संघको अधिवेशन हुने लागेको छ । एक दशक भन्दा पहिले गठन भएको अवधी पत्रकारहरुको छाता संगठन नेपाल अवधी पत्रकार महासंघ केन्द्रिय समितिको नेतृत्वमा जिल्ला अधिवेशन हुने बताइएको छ ।

जिल्ला अधिवेशन यही माघ ११ गते शनिबार दिउसो १ बजे कपिलवस्तुको कृष्णनगर नगरपालिकामा अवस्थित उद्योग वाणिज्य संघको सभाहलमा हुनेछ । अधिवेशनको तयारीका लागि नेपाल अवधी पत्रकार संघको नेतृत्वमा विभिन्न समिति गठन गरी अधिवेशन कार्य अगाडी बढाइएको केन्द्रिय उपाध्यक्ष सनिउल्ला धोबीले जानकारी दिनु भयो ।

नेपाल अवधी पत्रकार संघले अवधी भाषा, कला सांस्कृती संरक्षणका लागि विभिन्न समयमा काम गर्दै आएको छ । अधिवेशनका लागि अवधी सस्कृतिक झल्कीने समाग्री प्रस्तुत गरिने अंकुश श्रीवस्तावले जानकारी दिनु भयो ।
कपिलवस्तुमा अवधी पत्रकार संघमा अवद्ध पत्रकारहरु पचास जना भन्दा बढी रहेका छन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]