०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

महिला जनमत संघ गठन

Logo
प्रकाशित बिहिबार, माघ ०९, २०७६

न्यूजमधेश सम्बादाता
राजविराज, ९ माघ। डा. सिके राउत नेतृत्वको जनमत पार्टी सप्तरीको महिला जनमत संघ सप्तरीका तदर्थ समिति बिहिवार गठन गरिएको छ।

राजविराज नगरपालिका वडा नम्बर ६ स्थित रहेका जनमत पार्टी सप्तरीका कार्यालयमा आयोजना गरिएको एक कार्यक्रम बीच महिला जनमत संघ सप्तरीका समिति गठन गरिएको हो ।

शुशिला देवी यादवको नेतृत्वमा गठन गरिएको समितिको उपाध्यक्षमा ललिता यादव, सचिवमा प्रियकां कुमारी संत, सह सचिवमा करियाही देवी सदा, कोषाध्यक्षमा रन्जना देवी इशर लाई चयन गरिएको छ ।

यसै गरि सदस्यमा विना देवी सदा, आशा कुमारी साह, राजो देवी सदा, भुलर देवी राम, अमलिया देवी सदा, छेदनी देवी राम, राज कुमारी देवी राम, सशीया देवी मण्डल, सोमिन्द्रा देवी मण्डल, बिमला देवी मण्डल, बोदे देवी मण्डल, सोहनीया देवी मण्डल रहेकी छिन् ।

त्यसै गरी गुलाब देवी मण्डल, तेतरी देवी मण्डल, खेदनी देवी सदा, विलाया देवी खंग, मुर्ती खंग, देवी यादव, अमोलीया कुमारी मण्डल, पुनिता कुमारी ठाकुर, ममता कुमारी यादव, अनिता यादव, लक्ष्मी कुमारी यादव, गैनढुला यादव, रुवी देवी शर्मालगायत ५१ जना सदस्यमा रहेकी छिन् ।

सम्पुर्ण गाउँपालिका तथा नगरपालिकाको वडा तथा टोल टोलमा महिला जनमत संघका संगठन छिटै विस्तार गरिने शुशिला देवी यादवले बताएकी छिन् ।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रमको सञ्चालन भोगेन्द्र शर्माले सञ्चालन गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]