०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ बाट नेकपा र राजपा गठबन्धन विजयी

Logo
प्रकाशित शुक्रबार, माघ १०, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१० माघ।राष्ट्रियसभाका रिक्त ४ पदका लागी भएको निर्वाचनमा प्रदेश २ बाट नेकपा र राजपा गठबन्धनका संयुक्त उमेदवार विजयी भएको छ ।

बिहिवार साँझ घोषित मतपरिणाम अनुसार महिला कलस्टरतर्फ नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् । दाहाल ५ हजार २ सय ८ मतभार प्राप्त गरेकी थिइन् भने निजको प्रतिद्वन्दी नेपाली कांग्रेसकी नगिना यादवले ४ हजार ७ सय ४० मत प्राप्त गरिन् ।

यसैगरी दलित क्लस्टरतर्फ नेकपाका राधेश्याम पासवान विजयी भएका छन् । पासवानले ५ हजार २ सय ९२ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी संघीय समाजवादी पार्टीका रामप्रीत पासवानले ४ हजार ७ सय ४ मत प्राप्त गरेका थिए ।

अन्य समूहबाट राजपाका मृगेन्द्र सिंह यादव ५ हजार ४ सय मतभार प्राप्त गरी विजयी भएका थिए भने उनका प्रतिद्वन्दी अनिरुद्ध यादवले ४ हजार ५ सय १२ मतभार प्राप्त गरेका थिए ।

यसैगरी अल्पसंख्यक समूहबाट राजपाका शेखरकुमार सिंह ५ हजार ५ सय २ मतभार प्राप्त गरी विजयी भएका छन । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका भोला पजियार ४ हजार ५ सय १२ मत प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]