०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

जानकी मन्दिरको सौन्दर्यकरणमा ढिलाई हुँदा व्यवसायी मारमा

Logo
प्रकाशित शुक्रबार, माघ १०, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१० माघ।मुख्यमन्त्री स्वच्छता अभियानअन्तरगत भइरहेको जानकी मन्दिर सौन्दर्यकरणमा ढिलाई हुँदा स्थानीय व्यवसायी मारमा परेका छन् ।विहिबार नेपाल स्वरोजगार व्यपार श्रमिक संघ जनकपुरधाम नगर कमिटीले विज्ञप्ती जारी गर्दै सौन्दर्यकरणमा ढिलाई हुँदा व्यवसायीहरु मरमा परेको जनाएका छन् ।

वर्षौदेखि जानकी मन्दिर परिसरभित्र फुल, माला, प्रसाद, अबिर, सिन्दुर र चुरी बेच्दै आएका व्यवसायीहरु सौन्दर्यकरणमा सहयोग गर्न पसल हटाएका थिए । तर, महिनौं बितिसके पनि सौन्दर्यकरण सम्पन्न हुने ठेक्केदारले कुनै छाटकाट नदेखाएको कमिटिले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

गएको पुस २२ गते सोही सम्न्धमा जिल्ला प्रशासन कार्यालय धनुषा र जनकपुरधाम उपमहानगरपालिकालाई पत्र दिँदा वेवास्ता गरेको विज्ञप्तीमा जनाइएको छ । मन्दिर परिसबाट महिनौं पहिले पसल हटाएको र ठेक्केदारले विवाहपञ्चमी पहिले काम सक्ने प्रतिबद्धता गरेपनि काम ढिलाई गरेको जनाइएको छ । व्यवसायीहरुले बाध्य भएर आज माघ १० गतेदेखि पसल पुनः सञ्चालनमा ल्याउने जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]