०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

समाजसेवी मंगल साह सम्मानित

Logo
प्रकाशित आइतबार, माघ १२, २०७६

अजित भुजेल
बिरगंज,१२ माघ।समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारले जेष्ठ नागरिक सङ अन्तरकृया तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।

सामुदायिक सेवा केन्द्र मिनाबजारका अध्यक्ष बिदुर गुप्ताको सभापतित्वमा तथा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा ८६ बर्षिय जेष्ठ नागरिक एवं समाजसेबि मंगल साह कानुलाई सामुदायिक सेवा केन्द्र मिनाबजारमा रहेर विभिन्न कार्यमा उहाको योगदान रहेकोले सामुदायिक सेवा केन्द्र मिनाबजारले दोसल्ला ओढाएर कदरपत्रले समेत सम्मान गरिएको थियो ।

जेष्ठ नागरिक सङ्ग अन्तरकृया तथा सम्मान कार्यक्रममा वडा न. १० का वडा अध्यक्ष रामनगिना साह कानु,सामुदायिक सेवा केन्द्र मिनाबजारका उपाध्यक्ष असगर अलि अन्सारी,बासुदेव सहनी,सचिव ग्यासुमिया देवान ,सहसचिव शिवजी प्रसाद साह , सदस्यहरु सुनिता देबि,अनिता देबि,आमन्त्रित सदस्य रन्जिस कलवार,राजेश तुराहा,जेयाउल हक समानी,नन्दु साह, लालबाबु प्रसाद,अजय कुमार,प्रशुराम गुप्ता,सुमन कुमार गुप्ता लगायतकाको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]