०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

डा सीके राउतको विशाल आमसभा राजविराजमा हुने

Logo
प्रकाशित बुधबार, माघ १५, २०७६

न्यूजमधेश सम्बादाता
राजविराज ,१५ माघ। मधेश राजनीतिको केन्द्र मानिने सप्तरी सदरमुकाम राजविराजमा जनमत पार्टीले माघ १८ गते शनिवार शक्ति प्रदर्शनसहित विशाल आमसभा गर्ने तयारी गरेको छ । जनमत पार्टीको केन्द्रीय अध्यक्ष डा. सिके राउतको नेतृत्वमा शक्ति प्रदर्शनसहित विशाल आमसभाको तयारी गरिएको मंगलबार पार्टी कार्यालय राजविराजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

डा.राउत सप्तरी जिल्लाकै निवासी हुन् । उनको घर सप्तरीको महदेवा गाउँपालिका–२ मा पर्छ । उनको गृह जिल्लासमेत भएकाले ठूलो संख्यामा जनता आउने दाबी गरिएको छ । स्वतन्त्र मधेश गठबन्धनमार्फत् निर्वाचन बहिष्कार र अलग देशको माग गर्दै आएका सिके राउतले सरकारसँग गत २४ फागुनमा ११ बुंदे सहमति गरेपछि पहिलो पटक गृहजिल्लामा आमसभा गर्न लागेका हुन् ।

त्यसकारण पनि ठुलो संख्यामा सहभागी हुने जनमत पार्टीले दावी गरेको छ । पत्रकार सम्मेलनमा पार्टीका बरिष्ठ नेतृत्व मण्डलका सदस्य एवं पुर्व मन्त्री अनिस अन्सारीले शक्ती प्रर्दशन र आमसभामा ५० हजार भन्दा बढी स्थानीय नेता तथा कार्यकर्ता र सर्वसाधारण सहभागी हुने दावी गरे ।

उनले आमसभा सफल बनाउन गाउँ–गाउँमा प्रचार प्रसार र जिल्लाका १८ वटै स्थानीय तहमा गठित समितिले काम गरिरहेको बताए ।जनमत पार्टीका जिल्ला इन्चार्ज सुरेन्द्र मधेशीले डा. राउतको गृहजिल्लामा पहिलो आमसभा हुने भएकोले जनतामा निकै उत्साह छाएको बताए । उनले आससभा सफल बनाउन गाउँ गाउँमा मोटरसाइकल -यालीमार्फत् समेत प्रचारात्मक अभियान चलाइएको जानकारी दिए ।

पार्टीका जिल्ला संयोजक चन्देश्वर मण्डल ‘किसान’ ले आमसभामा सहभागी हुन हजारौ जनता आउने भएकाले आमसभास्थल राजविराजस्थित राजरंगशालाको खेल मैदानमा तोकिएको जानकारी दिए । आमसभालाई डा.राउतका साथै पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने र अन्य सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]