न्यूजमधेश सम्बादाता
राजविराज,२३ माघ।महिलालालाई बलात्कार गरेको अभियोगमा सप्तरीका एक युवकलाई पाँच बर्षको कैद सजाय दिइएको छ।
राजविराज नगरपालिका वडा नम्बर १ निवासी ३४ बर्षीय देबेन्द्र प्रसाद यादवलाई सप्तरी जिल्ला अदालतले पाँच बर्षको कैद सजाय सुनाएको हो ।
न्यायाधीश प्राश श्रेष्ठको इजलाशले उनलाई कैद सजया सुनाएको हो । कैद सजायसँगै पीडकलाई पीडितको नाममा रु ५० हजार भराउन समेत अदालतले आदेश दिएको हो ।