२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

फराकिलो जित निकाल्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लियो

Logo
प्रकाशित बिहिबार, माघ २३, २०७६

न्यूजमधेश सम्बादाता
काठमाडौं,२३माघ।जारी शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लब शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार सरस्वति युवा क्लब विरुद्ध ६–१ गोलको फराकिलो जित निकाल्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफमा १–० को अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा ५ गोल थप्यो ।

मछिन्द्रका लागि दीपक राई, विशाल राई, देवेन्द्र तामाङ, सोमिडे ओलाउवाउन्मी र निय टाहोन्कुईले गोल गरे । दीपकले दुई गोल गरेका थिए ।

४०औं मिनेटमा गोल गरेका देवेन्द्रले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । ५४औं र ७७औं मिनेटमा दीपकले गोल गरे भने ५९औं मिनेटमा मछिन्द्रका लागि विशाल राईले गोल गरेका थिए ।

८७औँ मिनेटमा सरस्वतिका लागि कजिम बुसारीले गोल सान्त्वना गोल गरे । ४–१ को फराकिलो अग्रता निकालेको मछिन्द्रले थपिएको अतिरिक्त समयमा दुई गोल थप्यो ।
जितसँगै, मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको छ । मछिन्द्रले ११ खेलबाट २५ अंक जोडेको छ । गत सिजनमा अन्तिम दोस्रो भएकाले मछिन्द्रको एक अंक घटाइएको छ ।

लिगको अन्तिम स्थानमा रहेको सरस्वतिको भने यो नवौं हार हो । अहिलेसम्म सरस्वतिले ४ अंक मात्रै जोडेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]