०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

गैर आवासीय मधेशी संघ साऊदीको रास्तनुरामा क्षेत्रीय समिति विस्तार

Logo
प्रकाशित आइतबार, माघ २६, २०७६

जोगिन्द्र मण्डल
साउदी,२६ माघ।बिश्व भरी छरिएर रहेका मधेशीहरूको छाता संगठन गैर आवासीय मधेशी संघ साऊदी अरबले रास्तनुरामा क्षेत्रीय समिति बिस्तार गरेको छ।

गत शुक्रबार संघको साउदी अध्यक्ष निर्मल मण्डल र सह अध्यक्ष उपेन्द्र अधिकारीका उपस्थितिमा जनार्धन यादबको अध्यतामा ११ सदस्य क्षेत्रिय समिति चयन गरेको छ।समितिको उपाध्यक्षमा मनोज कुमार साह र सचिवमा अमित कुमार साहलाई चयन गरेको छ।

त्यस्तै सचिवमा जिबछ कामती,कोषाध्यक्षमा राम बिश्वास यादब,स-कोषाध्यक्षमा बिरेन्द्व यादब रहेका छन भने सदस्यहरुमा संतोष कामती,श्याम बाबु कामती,अरबिन्द यादब,राजेश यादब र दिपक बिलिया रहेका छन।

समितिका अध्यक्ष मण्डलले संस्थाको अनुशासन र काम कर्तव्यको बारेमा जानकारी गराएका थिए।साऊदीमा रहेका हरेका मधेशी हरू समक्ष यो संस्था पुग्ने लक्ष्यका साथ संस्थाले अनेकौ कम्पनीहरूमा समिति गठन गर्दै संस्था लाई मधेशीहरुको हकहित मा काम गर्दै आइरहेका छन।
सह अध्यक्ष अधिकारी उपेन्दर का अनुसार साऊदी अरबमा मधेशीहरुको अभिभावकत्व को भूमिका मा संस्था ले काम गर्दै जाने छ।

कार्यक्रम नासर अल हाजरी कम्पनी मा रहेको थियो।उक्त कार्यक्रम मा प्रवक्ता आयुब कबारी र के.सदस्य गरभु महरा को समेत उपस्थिति रहेको थियो।कार्यक्रम दर्जनौ मधेशीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

गैर आवासीय मधेशी संघ अंतराष्ट्रिय समितिका अध्यक्ष बसन्त कुमार कुशवाहा का अनुसार यो संस्था बिश्व भरि तिब्र रूपले अगाडि बढ्दै गईरहेको छ।यस संस्था आबद्ध हुन आग्रह समेत गरेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]