०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

लागुऔषध सहित दुई जना भारतीय पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०७६

न्यूजमधेश सम्बादाता
बारा,२फाल्गुण।बारा प्रहरीले लागुऔषध सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना हरसिद्धी पोष्ट मुरारपुर ग्राम पंचायत मुरारपुर वडा नं.४ बस्ने बर्ष २१ का चन्दन कुमार र भारत बिहार जिल्ला मोतिहारी थाना मोतिहारी रामसिंह छतौनी ग्राम पंचायत वडा नं.३ बस्ने बर्ष २४ को मुकेश साह तेली रहेका छन् ।

कलैया उपमहानगरपालिका वडा नं.१० मटिअर्वा टोल स्थित कलैया मटिअर्वा सडक खण्डमा प्रहरी चौकी मटिअर्वा बाराबाट प्रहरी नायब निरिक्षक लक्ष्मण पाठकको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

सवारी साधन चेकजाच गर्ने क्रममा भारतको आदापुर तर्फबाट कलैयाको लागि आउदै गरेको ना.२ ह ३६१४ नम्बरको अटोलाई रोकी अटोमा सवार यात्रीहरुलाई ओराली चेकजाच गर्दा सोही अटोमा सवार दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

पिठ्युमा बोक्ने कपडाको झोला भित्र पत्रिकामा बेरी माथीबाट टेप लगाई लुकाई छिपाई राखेको अवस्थामा ७/७ पोका गरी नुर्फिन २ एम.एल. को १४ पोका ,डाईजोपाम २ एम.एल.को ७ सय पिस गरी जम्मा २१०० पिस लागुऔषध पक्राउँ गरेको थियो ।

बारा जिल्ला अदालतबाट लागु औषध मुद्दामा पहिलो पटक दिन ५ (पाँच) को म्याद अनुमति लिई हिरासतमा राखि थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]