०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

नेकपा र कांग्रेस परित्यागगरी समाजवादीमा प्रवेश

Logo
प्रकाशित बिहिबार, फाल्गुण १५, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१५ फाल्गुण । धनुषाको सहिद नगर नगरपालिकामा नेकपा र नेपालीकांग्रेस परित्यागगरी एक दर्जन कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

बुधवार एक समारोहबीच शहिदनगर नगरपालिका १ मा विसु अभियानका धनुषा संयोजक तथा संघीय साँसद उमाशंकर अरगरिया, प्रदेश साँसदद्धय रामअशिष यादब, शैलेन्द्र यादब र जिल्ला अध्यक्ष पशुपति यादबले संयुक्त रुपमा पार्टीको झण्डा गाडेर कार्यालयको उद्घाटन गरेका छन् । पार्टी नगर अध्यक्ष दिनेश यादवको अध्यक्षता भएको पार्टी कार्यालय उद्घाटन समारोहमा स्थानीय दर्जनौं व्यक्ति नेकपा र नेपाली कांग्रेस पार्टी परित्याग गरी समाजवादीमा प्रवेश गरे ।

स्थानीय भोला यादव, राम कृपाल महतो, राजु मण्डल, दिपेन्द्र मण्डल, धिरज मण्डल, गुरुदयाल मण्डल, दुर्योधन यादव ,नरेश यादव ,देव शंकर यादव, मिन्टु यादव, गिरजा राय लगायतले नेकपा परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशी कार्यकर्ताहरुलाई संघीय साँसद अरगरिया, प्रदेश साँसद र जिल्ला अध्यक्षले माला लगाएर स्वागत गरेका थिए ।

पार्टीका प्रमुख सचेतक समेत रहेका धनुषा २ बाट निर्वाचित संघीय साँसद अरगरियाको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा केन्द्रीय सदस्य एवं क्षेत्र २ का विसु अभियानका अभियन्ता अरुण सिंह मण्डल, विजय भगत, विनोद रोहिता, प्रमोद कुमार अधिकारी, उमेश निराला, बिजय कुमार यादव, उमेश कुमार यादव लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]