०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

मधेशी सहिदहरुको शालिक बिरगंजमा बन्ने

Logo
प्रकाशित शनिबार, फाल्गुण १७, २०७६

न्यूजमधेश सम्बादाता
बीरगंज,१७ फाल्गुण। बीरगंजमा मधेश आन्दोलनका क्रममा शहीद भएकाहरुको शालिक निर्माण गरिने भएको छ । घण्टाघरस्थित विपी उद्यान मधेशी शहीद पार्कमा शहीदको शालिक निर्माण गरिने भएको हो ।

चालू आर्थिक वर्ष २०७६÷७७ भित्रै शालिक निर्माण गरिने लक्ष्य लिइएको छ । शुक्रबार एक कार्यक्रमकाबीच प्रतिनिधी सभा सदस्य प्रदीप यादव र महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले संयुृक्त रुपमा शालिकको शिलान्यास गरेका छन् ।

पछिल्लो मधेश आन्दोलनका क्रममा पर्सामा ७ जनाले ज्यान गुमाएका छन् । उनीहरु सबैको शालिक निर्माण गरिने सांसद यादवले बताए । शहीदकै कारण हालसम्मको उपलब्धी रहेको भन्दै उनले शहीदलाई मधेशको धर्तीमा सम्मान गर्न र सम्झनामा राख्न सहिद स्मारक निर्माण गर्न लागिएको जानकारी दिए ।

शालिक निर्माणका लागि रु ४० लाख बजेट छुट्टयाएको छ । सांसद यादवको संसदीय कोष अन्तर्गत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट रु २० लाख र वीरगञ्ज महानगरपालिकाले २० लाख गरी ४० लाख रुपैयाँ बजेट छुट्टयाइएको छ ।

शालिक निर्माण गर्न लागिएको विपी उद्यानको जग्गामा मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले गत बर्ष संयुक्त रुपमा शहीद पार्कको शिलान्यास गरेका थिए । तर त्यो पार्क निर्माणको काम हालसम्म अगाडि बढ्न सकेको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]