०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

कपिलवस्तुमा अज्ञात समुहद्धारा ६ गाडीमा आगजनी

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

न्यूजमधेश सम्बादाता
कपिलवस्तु ,२२ फाल्गुण।कपिलवस्तुमा गएको राती ६ ओटा गाडीमा आगजनी भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका १ तुरुन्तपुरमा १ वटा स्काभेटर, विजयनगर गाउँपालिका २लोहरौलामा २ जेसिबी र २ वटा स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

बुधवार राती पौने १ बजे उक्त घटना भएको हो । ना १ क ९०६९,बा २ क ८७२९ नम्बरको जेसिवि, बा १९ च ६६४७, बा १६च ५२५० नम्वरको बोलोरो जिप र से १ क ७०,बा २ क १४७३ नम्बरको स्काभेटर जलेको हो।

आगजनी भएका उक्त सामाग्री हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीको रहेको पाइएको छ । हुलाकी मार्ग निर्माण प्रयोग गरिएका निर्माण साधन माथी अज्ञात समूहद्धारा आगजनी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट जेसिभि , स्काभेटर र स्कारपियो पूर्ण क्षति भएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले बताउनुभयो ।

राती सडक बनाउन बस्ने कामदारको कोठामा बाहिराबाट चुकल बन्द गरेर गाडीमा आगजनी गरेको प्रहरी निरिक्षक नेपालले जानकारी दिनु भयो।

कस्ले लगाएको भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी सुनिल मल्लले जानकारी दिनुभयो।इलाका प्रहरी कार्यालय गणेशपुर र खडैचाबाट घटना स्थलमा प्रहरी पुगेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]