०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

खुला रक्सीले ८ को मृत्यु, ६ सिकिस्त गाउनै शोकमा

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२ चैत्र । खुला रक्सीका कारण व्यक्तिको ज्यान गइरहेको समाचार बाहिर आइरहँदा धनुषा प्रहरीले रक्सीका कारण आठ जनाको मात्रै मृत्यु भएको जनाएको छ । अन्य व्यक्तिको अन्य कारणले मृत्यु भएको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार क्षिरेश्वरनाथ नगरपालिका २ रमदैया बस्ने ३५ बर्षीय ब्रहम देव यादव, ४० बर्षीय रामबिलास मण्डल, ३० बर्षीय राजु महरा, ६५ बर्षीय गुदरी महरा, ६५ बर्षीय श्रीदेव यादव, सोही नगरपालिकाको वडा नम्बर १ बस्ने ३६ बर्षीय रामनारायण महरा, २७ बर्षीय इन्द्रजीत महरा, ४७ बर्षीय शत्रुद्यन मण्डलको रक्सी सेवनका कारण मृत्यु भएको छ ।

यी सबैको फागुन २९ गतेदेखि चैत १ गतेसम्म मृत्यु भएको धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार ६ जना सिकिस्त भई उपचार गराइरहेका छन् ।

उनले क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयाका ३७ बर्षीय रामईश्वर महरा, वडा नम्बर २ रमदैया बस्ने २३ बर्षीय प्रदिप सदा, ५० बर्षीय भरत मण्डल, ४४ बर्षीय मनिर नदाफ, २२ बर्षीय भरत सदा र ५० बर्षीय सिताराम यादवको उपचार भइरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]