०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

तीन वटा विधेयक प्रदेश सभामा पेश

Logo
प्रकाशित मंगलबार, चैत्र ०४, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,४ चैत्र । प्रदेश २ को प्रदेश सभा बैठकमा सोमबार तीन वटा विधेयक पेश भएको छ ।

सोमबार बसेको प्रदेश सभाको बैठकमा तीन वटा विधेयक पेश भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दुई र आर्थिक मामिला तथा योजना मन्त्रालयको तर्फबाट १ वटा विधेयक पेश भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश आवश्यक सेवा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रदेश सभा बैठकमा पेश गरे ।

यस्तै, आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कर तथा गैर कर राजस्व लगाउने र उठाउने सम्बन्धमा कानुनी व्यवस्थ ागर्न बनेको विधेयक २०७६ पेश गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]