२९ फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

वीरगंज कारागारमा अग्रवाल र शेखले मच्चाए ब्रहमलुट

Logo
प्रकाशित बुधबार, चैत्र ०५, २०७६

कृष्णा यादब
वीरगंज ,५ चैत्र ।कारागारमा अपराधीहरु को राज चल्ने गरेको समाचार प्राप्त भएको छ । जेल प्रशासनलाई मिलाएर चौकीदार बनेकाहरुले कारागारमा ब्रह्मलुट मचाउने गरेका छन् ।

वीरगंज कारागारमा लागूऔषध मुद्दामा सजाय भोग्दै आएका बिक्की अग्रवालको कारागारमा रजाइ चल्ने गरेको छ । अग्रवालकै इसारामा अर्का कैदी शेख भोलाले ब्रह्मलुट मचाउने गरेका छन् । यतिखेर कारागारका मुख्य चौकीदार दिनेश सर्राफ छन् तर सर्राफ नामका लागि मात्रका चौकीदार हुन् ।

कारागारभित्र बिक्की अग्रवाल र शेख भोलाको रजाइ चल्ने गरेको छ । वीरगंज कारागारका जेलर श्रवण पोखरेल छन् तर जेलभित्र अपराधीहरुको रजाइ चल्ने गरेको छ । कारागारको कमाइ जेल प्रशासन, जिल्ला प्रशासनदेखि गृह मन्त्रालयसम्म पुग्ने गरेको स्रोतले बताएको छ । कैदी बन्दीहरुमाथि चरम शोषण हुने गरेको छ ।

बिरामी पर्दासमेत उपचार गराउन अस्पताल जान चौकीदारलाई रकम दिनुपर्छ । कैदी बन्दीलाई सरकारले दिने बिदामा समेत भ्रष्टाचार हुने गरेको छ ।चौकीदार र नाइकेको शोषणको विरोध गर्नेलाई गोलघरमा राखेर यातना दिने गरिन्छ जसको कारण कोही कसैले मुख खोल्दैनन् । कारागारमा बिक्की अग्रवाल र शेख भोलाको एक छत्र राज चल्दै आएको छ ।

रकम दिनेलाई भने रेष्टुरेन्टमा लगेर मोजमस्ती गराइन्छ । जेल प्रशासनको मिलोमतामा नै कारागारभित्र मदिरा, लागूऔषध पुर्याइन्छ । मोबाइल फोन प्रयोग गर्न दिइन्छ । कारागराभित्र हुने अनियमितताको जिल्ला प्रशासन र जिल्ला प्रहरी पनि जानकार छन् तर कारबाई भने गरिंदैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]