०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

संचार सम्बन्धी विधेयकमा संशोधन दर्ता

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,८ चैत्र । समाचार लेखेकै कारण पत्रकारलाई रु एक करोडसम्म जरिवाना गर्ने गरी प्रदेश २ सरकारले ल्याएको संचार सम्बन्धी विधेयकमा सांसदहरुले संशोधन दर्ता गराएका छन् ।

प्रदेशका आधा दर्जन सांसदहरुले उक्त विधेयक उपर संशोधन दर्ता गराएका हुन् । सत्तारुढका साथै प्रतिपक्षी सांसद समेतले जरिवाना तोकिएका दफाहरु ह्टाउनुपर्नेमा जोड् दिदैं संशोधन दर्ता गराएका हुन् ।

सत्तारुढ समाजवादी पार्टीका सांसद चमेलीदेवी दास, राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद विदेश्वर यादव ‘विक्की’, सुरिता साह र डा. रिणा यादव तथा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सुन्दर बहादुर विश्वकर्मा तथा गोबिन्द न्यौपानेले संचार सम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

संचार सम्बन्धी विधेयकमा पत्रकारको स्वतन्त्रता र निष्पक्ष रुपमा पत्रकारिता गर्नबाट बन्देज लगाउने जस्ता प्रावधान ल्याएका कारण संशोधन दर्ता गरिएको राजपा सांसद विक्कीले बताए । ‘संचार सम्बन्धी ऐन पत्रकारमैत्री बन्नु जरुरी छ’ उनले भने, “संघीय सरकारजस्तै पत्रकारलाई हेर्ने दृष्टिकोण प्रदेश सरकारले समेत बनाएको हुँदा संशोधन हालेको हुँ ।”

गत भदौ महिनामा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पत्रकारलाई एक करोडसम्म जरिवाना तोक्ने उल्लेख गरिएको संचार सम्बन्धी विधेयश प्रदेश सभामा पेश गरेको थियो । यो विधेयक पेश भएपछि पत्रकारहरुले आन्दोलन गर्न शुरु गरेपछि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले विधेयकलाई सच्चयाएर पुनः पेश गर्ने प्रतिबद्वता जनाएका थिए । तर त्यहंि विधेयक प्रदेश सभामा टेबल गरिएको छ । पहिलाकै जरिवाना तोकिएको विधेयक टेबल गरिएपछि संशोधन दर्ता गरिएको संधोधनकर्ता सांसदहरुले बताएका छन् ।

यसअघि नेपाल पत्रकार महासंघ प्रदेश २ समितिले बिहीबार प्रेस बिज्ञप्ती जारी गर्दै पहिलाकै विधेयक टेबल गराएको भन्दै बिरोध जनाएको थियो । समितिले जरिवाना तोकिएकै विधेयक छलफलमा ल्याउनु पत्रकारलाई संस्थागत रुपमै गुमराहमा राखी पारदर्शिताविरुद्ध सरकार तानाशाही बन्न खोजेको जनाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]