२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

यती एयरलाइन्सले घटायो टिकटको मूल्य

Logo
प्रकाशित आइतबार, चैत्र ०९, २०७६

न्यूजमधेश सम्बादाता
काठमाडौँ,९ चैत्र । आन्तरिक उडानको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो उडानमा टिकटको मूल्य घटाएको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणको प्रभावले काठमाडौँबाहिर जाने यात्रुको सहजताका लागि विभिन्न गन्तव्यको टिकटको मूल्य सस्तो बनाइएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको हो । यतीले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र पोखराका लागि हवाई टिकटको मूल्य घटाएको छ ।

नयाँ भाडादरअनुरुप यतीले भद्रपुर गन्तव्यका लागि रु ६ हजार २०० नयाँ टिकट दर कायम गरेको छ । यसअघि कम्पनीले यो गन्तव्यमा रु नौ हजार भाडा लिन्थ्यो । विराटनगरमा साधारण रु सात हजार ४५० रहेकामा अहिले घटाएर रु पाँच हजार ५०० बनाइएको छ । त्यस्तै भैरहवाको पहिला रु छ हजार १०० रहेकामा अहिले रु चार हजार ९००, नेपालगञ्जमा पहिला रु नौ हजार ८५० रहेकामा अहिले रु छ हजार ३०० र पोखरामा साधारण रु पाँच हजारबाट घटाएर रु तीन हजार ७०० निर्धारण गरिएको छ ।

उल्लिखित गन्तव्यबाहेक पनि न्यूनतम मूल्यका टिकटहरु खरिद प्राथमिकताका आधारमा उपलब्ध रहिरहने कम्पनीले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वायु सेवा सञ्चालक सङ्घ र सर्वसाधरणको अनुरोधमा लामो दूरीका सवारीसाधन सञ्चालनमा नआउँदासम्मका लागि टिकटको मूल्य सस्तो बनाइएको र यो भाडादर सोमबारदेखि लागू हुने विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]