०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै माक्स वितरण

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१३ चैत्र । कोरोना भाइरस (कोभिड-१९)संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माक्स वितरण गरेको छ।

समाजसेवी बलिराम कापर र समाजवादी युवा संघ धनुषाका अध्यक्ष दिपु कापरको संयुक्त सहयोगमा हंसपुर नगरपालिका वडा नं.१ भगवानपट्टिमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माक्स वितरण गरेका छ्न।

भिडभाड नगर्नको लागि सर्बसाधारणहरुलाई सचेतना मुलक सन्देश दिदै समाजवादी युवा संघ धनुषाका अध्यक्ष दिपु कापरको सहयोगमा मास्क वितरण गरिएको छ।

चिनबाट बिश्वब्यापी रुपमा फैलिरहेको कोभिड – १९”कोरोना भाइरस” बाट केहि भए पनि सुरक्षित रहुन भन्नका लागि जनचेतनाका साथ एक हजार भन्दा बढि माक्स वितरण गरिएको समाजसेवी बलिराम कापरले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,८ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मधेश स्वास्थ्य विज्ञानप्रतिष्ठान अन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको शनिबार अबेर राति अचानक निरीक्षण गरेका छन् । बिरामीको उपचारमा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको गुनासा आएपछि मुख्यमन्त्री सिँहले शनिबार राति ११ बजे प्रादेशिक अस्पतालको अचानक निरीक्षण गरेका हुन् । उनले अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह, अतिसघन कक्षलगायत निरीक्षण गरी ड्युटीमा […]

काठमाडौँ, ८ भदौ । वर्खायाम लागेसँगै डेङ्गी र हैजा रोगको सङ्क्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण ७५ जिल्लामा पुगेको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको बताउनुभयो । ७५ जिल्लामा पाँच हजार एक सय १९ […]

राजविराज , ७ भदौ। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कङ्कालिनी भगवती मन्दिरदेखि पूर्व कोसी किनारमा किसानले लगाएको केराको बोट सुक्न थालेको छ । केराखेतीमा बाढी पसेर बोटै सुक्न थालेपछि उनीहरु चिन्तित बनेका छन् । स्थानीय किसान दिनेशकुमार राउतले निरन्तरको वर्षाले केरा बगान डुबानमा परेपछि बोटै सुक्न थालेको जानकारी दिनुभयो । असार साउनमा आएको बाढीले केराबारीमा […]