०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

स्वास्थ्यकर्मी र कर्मचारीको कोरोनाबाट मृत्यु भएमा १० लाख उपलब्ध गराउने : मेयर बरबरिया

Logo
प्रकाशित सोमबार, चैत्र १७, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१७ चैत्र ।धनुषाको शहीद नगरपालिकाले कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको सो भाइरसको सङ्क्रमणबाट मृत्यु भएमा मृतक परिवारलाई रु दश लाख उपलब्ध गराउने भएको छ ।

नगरपािलकाका प्रमुख उदयकुमार बरबरिया यादवद्वारा आज जारी गरिएको विज्ञप्तिमा कोरोना भाइरस लक्षित उपचार तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहनस्वरुप भत्ता प्रतिदिनको रु ५०० उपलब्ध गराउने कोरोना भाइरस समन्वय समितिको आज बसेको बैठकले निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

यसका साथै ‘लकडाउन’को अवधिभर नगरपालिकाअन्तर्गत कोरोना भाइरस सङ्क्रमित शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनसम्म ल्याउने, घर पु¥याउने र आवश्यकतानुसार जनकपुरस्थित प्रादेशिक अस्पतालसम्म पु¥याउन निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]