०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

लकडाउनको प्रभाव ः चैती छठ अन्तर्गत आँगनमै दिइयो अस्ताउँदो सूर्यलाई अर्घ

Logo
प्रकाशित सोमबार, चैत्र १७, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१७ चैत्र । कोरोना संक्रमणबाट बच्न सरकारले लक डाउन लगाएपछि चैती छठ पर्व प्रभावित भएको छ । जनकपुरधामसहित प्रदेश २ का जिल्लामा भव्यताका साथ यो पर्व मनाउने गरिन्छ ।

लक डाउनका कारण सार्वजनिक पोखरी र जलासयमा जान नपाएपछि श्रद्वालुहरुले आफ्नो आँगनमै चैती छठ पर्व मनाएका छन् । सोमबार चैती छठ पर्व अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । मुख्यतः छठ पर्व जलासय अगाडि मनाइने परम्परा रही आएको छ ।

लक डाउनका कारण बजार बन्द भएपनि जसोतसो सामग्रीको जोहो गरेर चैती छठ आफ्नो आँगनमै मनाइएको श्रद्वालुहरुले बताएका छन् ।

छठ पर्वको दिन भएपनि पोखरीहरुको शहर जनकपुरधामका पोखरीहरु सुनसान देखिएको छ ।

लक डाउनलाई प्रभावकारी बनाउन भन्दै धनुषा प्रहरीले कुनै पनि सार्वजनिक स्थान वा पोखरीहरुमा यो पर्व नमनाउन आग्रह गरेको थियो । यो आग्रहपछि यो पर्व मनाउनेहरुले आफ्नै आँगनमा सूर्यलाई अर्घ दिएर यो पर्व मनाउन बाध्य भएका छन् ।

राजविराजको कल्टु दास पोखरीमा छठ पर्व मनाउन श्रद्वालुले तयारी गरेपनि प्रहरीले मनाउन दिएनन् ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले लक डाउन गरेपछि आस्थाका पर्व चैते छठ पनि नराम्ररी प्रभावित बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]