०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

माहामारी नियन्त्रणमा आवश्यक कदम चाल्न मुख्यमन्त्री राउतको निर्देशन

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१८ चैत्र ।प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमण नियन्त्रणको लागि जस्तोसुकै कदम चाल्न सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि प्रदेशमा भए गरेका कामबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिन बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले अहिलेको अवस्थामा कुनै इन्तुकिन्तु नभई जनताको जनधनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन दिनुभएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । SUBSCRIBE मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल घण्टि मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=cyp-s9ZVIGs

कोरोना भाइरसका कारण विश्वनै त्रसित भएको बेलामा सामान्य रुघाखोकीसमेतको उपचारमा चिकित्सक तथा अस्पतालले हेलचक्रयाइ गरीरहेको गुनासो आएको भन्दै मुख्यमन्त्री राउतले त्यस्ता अस्पताल र चिकित्सकलाई सूची तयार गरी प्रदेश सरकारमा पठाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “राज्यको सुविधा प्रयोग गरे पनि सङ्कटको बेलामा बदमासी गर्ने जो कोहीलाई पनि कारवाही गर्छौं, तपाईहरु सिफारिस गर्नु लाइन्सेन्स खारेजीसम्मको कारवाही हुन्छ ।

महामारी नियन्त्रणको लागि आवश्यकताअनुसारको व्यवस्था जिल्लास्तरमै गर्न सुझव दिनुहुँदै मुख्यमन्त्री राउतले रकमको अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाउनुभयो । बैठकमा सुरक्षा निकायका प्रमुखले राख्नुभएको जिज्ञासामा भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव र उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायले सम्बन्धित विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो भने मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले अहिले विशेष परिस्थितिमा गर्नुपर्ने काम र कानूनी अवस्थाबारे आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकमा चारवटै सुरक्षा निकायका प्रदेश प्रमुख, आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रहरी उपरीक्षकसहितको उपस्थिति रहेको थियो । प्रमुख जिल्ला अधिकारीले महामारी नियन्त्रणको लागि जिल्लामा गरेका प्रयास र आगामी दिनमा गर्नुपर्ने योजनाबारे जानकारी गराएका थिए ।

 

https://www.youtube.com/watch?v=sTCPhGlWJ54

https://www.youtube.com/watch?v=lF7BoqlQJRg

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]