०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

छाक टार्नमा समस्या रहेका विपन्न परिवारलाई विद्यार्थीको राहत

Logo
प्रकाशित बुधबार, चैत्र १९, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१९ चैत्र ।विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले लगाएको लकडाउनको समयमा दिनकमाउने रात खाने अति विपन्न परिवारलाई स्थानीय विद्यार्थीले राहत वितरण गरेको छ।

मंगलबार सिरहाको सुखिपुर नगरपालिका वडा नं.८ मा स्थानीय विधार्थी नेता नितेश कुमार यादबको अगुवाइमा अति विपन्न ५ घरपरिवारलाई राहत वितरण गरेको छ।

विद्यार्थी नेता यादवका अनुसार विद्यार्थीहरुको सहयोगमा ८ हजार रकमको खाद्यान्न सामग्रीहरु किनेर ती गरिब परिवारलाई छाक टार्न समस्या रहेको बेला राहत प्रतिघर चाबल १५ केजि ,दाल २ केजि , खाने तेल १ केजि,आलु २ केजि,नुन १ केजि ,डिटोल साबुन १ पिस र घरका सबै सदस्यीयलाई मास्क समेत दिएको छ।

यता नगरपालिकाले विभिन्न वडाहरुमा हातधुने सावुन र माक्स वितरण गरेका छ ।तर गरिब परिवारलाई छाक टार्न समस्या भएको वेला बिधार्थीहरुले राहत स्वरुप खाद्यान्न बाडेपछि दलित परिवार खुशी भएको थियो।

अति विपन्न घर परिवारलाई नगरपालिकामा खाद्यान्न सामग्री उपलब्ध गराई दिनको लागी आग्रह गरे पनि कुनै वास्ता नगरेको स्थानियहरुको भनाई रहेको छ ।

सो राहत वितरण कार्यक्रममा विद्यार्थी नेता विभाष यादव,नवरत्न साह र आशिष साहलगाइत सहयोगीहरुको उपस्थितिमा वितरण गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]