०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

कोरोनाको आशंका रहेका २ जनाको रिपोर्ट नेगेटि

Logo
प्रकाशित बुधबार, चैत्र १९, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१९ चैत्र । कोरोनाको आशंकमा प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका दुई व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ ।

अस्पतालको आइसोलेशनमा भर्ना भएका दुबै व्यक्तिको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब विभागकी प्याथोलोजिस्ट डा. स्वेना ठाकुरले जानकारी दिइन् ।

उनका अनुसार भारतबाट केहि दिन अगाडि आएका ती दुई व्यक्तिमा रुघाखोकी र ज्वरो देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।

दुबैको स्याब लिएर काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाएको र रिपोर्ट नेगेटिभ आएको उनले बताइन् ।

रिोपर्ट नेगेटिभ आएपछि दुबैलाई डिस्जार्च गरिएको छ ।अस्पतालमा अहिले पनि चार जना कोरोना आशंकमा भर्ना भएको र स्याब टेस्ट लिएर काठमाण्डु पठाउने तयारी भइरहेको उनले बताइन् ।

यसअघि धनुषाकै एक युवकमा कोरोनाको आशंका गरिएको थियो । दुई साताअघि उनको जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]