०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

कोरोना सङ्क्रमितको सङ्ख्या छ पुग्यो

Logo
प्रकाशित बिहिबार, चैत्र २०, २०७६

न्यूजमधेश सम्बादाता
काठमाण्डू ,२० चैत्र । नेपालमा कोभिड–१९ को सङ्क्रमित सङ्ख्या ‘छ’ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या छ पुगेको जानकारी दिनुभएको हो । उहाँका अनुसार सङ्क्रमित व्यक्ति बाग्लुङकी महिला हुनुहुन्छ ।

यही चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएको डा देवकोटाको भनाइ छ । पहिलो कोरोना सङ्क्रमित व्यक्ति भने उपचारपछि ठिक भएर घर फर्किसक्नुभएको छ । दोस्रो सङ्क्रमित व्यक्ति काठमाडौँकी १९ वर्षीया युवती हुनुहुन्छ । उहाँ फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ जहाजबाट काठमाडौँ आउनुभएको थियो । उहाँमा चैत १० गते कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

त्यस्तै तेस्रो व्यक्ति धादिङ, चौथो धनगढी र पाँचौँ बाग्लुङका व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ । डा देवकोटाले आजसम्म कूल एक हजार १८४ मा परीक्षण गरिएको जानकारी दिनुभयो । उहाँले विभिन्न अस्पतालमा पनि स्वाब लिइरहेको जनाउँदै सैनिक अस्पतालले १७ जनाभन्दा बढीको स्वाब लिएको बताउनुभयो । उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण भइरहेको जानकारी दिनुभयो ।

उहाँले बुटवल, सुर्खेत, हेडाँैडा र धनगढीमा मेशिन जडान कार्य भइसकेको र परीक्षण हुने क्रममा रहेको बताउनुभयो । जनकपुरमा भने जडान कार्य सम्पन्न भइसकेको छ । आइसोलेसनमा आजसम्म देशभरिमा १०५ जना उपचारत हुनुहुन्छ । जसमा उपत्यकामा १६ र बाँकी उपत्यकाबाहिर उपचारत हुनुहुन्छ । उहाँका अनुसार कल सेन्टरमा गत २४ घण्टाभित्र दुई हजार ७५९ फोन सम्वाद गरेको छ । त्यसमा धेरैले अस्पतालमा कोरोनाको परीक्षण, पिपिई खरिदलगायतका विषयमा प्रश्न गरेको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]