न्यूजमधेश सम्बादाता
तुलसीपुर ,२० चैत्र । दाङमा आगलागीबाट तीन घर जलेर नष्ट भएका छन् । गढवा गाउँपालिका वडा नं ६ मनिकापुुरमा आज अपराह्न करिब ४ः०० बजेतिर आगलागी हुँदा तीन घर, दुई गोठ, एक घुम्ती पसल र दुई भान्साघर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
स्थानीय विष्णुु रानाको घर तथा भान्साघर, भक्तबहादुुर सुुनारको गोठ, कृष्णबहादुुर सुुनारको घर र पसल तथा ऋषि रानाको घर, गोठ तथा भान्साघर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो ।
आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यान्न, काठ तथा फर्निचर एवं महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । गढवा गाउँपालिका र लमही नगरपालिकाको दमकल, इलाका प्रहरी तथा स्थानियको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको यकीन विवरण अझै आएको छैन । स्थानीय भक्तबहादुुर सुुनारको गोठ नजिकै विद्युुत्को ट्रान्सफार्मर रहेको र सोको फ्युुजबाट निस्किएको झिल्काले आगलागी भएको प्रहरीले बताएको छ ।