२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

बैशाख २ गते कोरोना भाइरसको विरुद्धमा शंख बजाउन सीके राउतको आग्रह

Logo
प्रकाशित शुक्रबार, चैत्र २१, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,२१ चैत्र । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आगामी बैशाख २ गते कोरोना भाइरसविरुद्धको लडाइँमा एकता प्रदर्शन गर्न आह्वान गरेका छन् ।

सम्पूर्ण जनता एकजुट रहेको सन्देश दिन ताली, शंख, सिटी, घण्ट, थाली बजाउन राउतले आग्रह गरेका हुन् ।

प्रत्येक बैशाख २ गते तराई मधेसका जिल्लामा जुडशीतल पर्व मनाउने चलन छ । सो दिन बिहान ७ बजे ७ मिनेटसम्म एकता प्रदर्शन गर्न राउनले आह्वान गरेका हुन् ।

यो एकता कोरोनाविरुद्ध लड्नमा अग्रणी भूमिका खेलिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेवीसहित सबैलाई धन्यवाद समेत हुने राउतले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]