०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

लकडाउनमा अझै कडाई : एक पालिकाबाट अर्कोमा प्रवेशमै रोक

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२३ चैत्र ।कोरोना भाइरस संक्रमितको संख्या एकै दिन तीनजना बढेपछि सरकारले लकडाउनलाई अझ कडाई गर्ने निर्णय गरेकोछ ।

मन्त्रीपरिषदको शनिवार साँझ बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्काे प्रदेश, एक जिल्लाबाट अर्काे जिल्ला र एक स्थानीय तहबाट अर्काे स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्यूनीकरण गर्ने सन्दर्भमा यो नै उत्तम उपाय हुन्छ भन्ने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जनाए ।

चैत ११ गते पहिलो पटक ७ दिनका लागि लगाइएको लकडाउनलाई चैत १८ गते एक हप्ताका लागि म्याद थपगरि चैत २५ गते सम्म पु¥याइएकोछ ।

कोरोना भाइरसको संक्रमण अवधि र यसको जोखिम रहिरहुञ्जेलसम्म बन्दाबन्दी (लकडाउन) को अझ पूर्ण पालना गराउन प्रदेश र सबै निकायलाई प्रभावकारीरुपमा काम गर्न सरकारले निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्ले कोभिड– १९ को सम्भाव्य जोखिम तथा शङ्कामा रहेका व्यक्तिको व्यापकरुपमा परीक्षण प्रक्रिया शुरु गर्ने निर्णय गरेको मन्त्री खतिवडाले बताए । बाहिरबाट आएका व्यक्तिबाट कोरोना संक्रमित देखिन थालेको परिस्थितिको मूल्याङ्कनगर्दै उक्त कदम चाल्ने सरकारले निर्णय गरेको बताइएकोछ ।

सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङमा केही नयाँ केश देखिएपछि थप व्यक्ति संक्रमित नहुनदिन ती जिल्लामा छिटो विधिबाट सम्भाव्य व्यक्तिको ‘¥यापिड टेष्ट’ को प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रवक्ता खतिवाडाले जनाए ।

कोरोना भाइरस संक्रमणको दू्रत प्रक्रियाबाट परीक्षण गर्ने र त्यसका आधारमा संक्रमितको आशङ्का भएका व्यक्तिलाई ‘पिसिआर’ विधिबाट परीक्षण गर्दा संक्रमित व्यक्ति हो वा होइन भनेर छिटो यकीन गर्न सहज हुने उनले बताए ।

अहिलेको अवस्थामा स्वास्थ्यकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले उहाँहरुको मनोवल वृद्धि गर्न गरिएको बीमा, प्रोत्साहन भत्ताका अतिरिक्त सुरक्षाका लागि स्वास्थ्य उपकरण यथाशक्य छिटो उपलब्ध गराउने र निश्चित मापदण्ड (प्रोटोकल) का आधारमा प्रयोग गर्न लगाउने निर्णय भएको मन्त्री खतिवाडाले बताए ।

‘ स्वास्थ्यकर्मीलाई पूर्णरुपले सुरक्षित गराएर उपचारमा लगाउने, त्यसमा बाधाव्यवधान उत्पन्न गराउने, सुरक्षामा खलल पु¥याउने र स्वास्थ्यकर्मीको सुरक्षामा आँच पु¥याउन खोज्ने कुनै पनि व्यक्तिलाई प्रचलित कानूनबमोजिम कारवाही गर्ने निर्णय भएको छ, उनले भने, स्वास्थ्यकर्मीलाई असुरक्षित हुन नदिनेतर्फ स्थानीय प्रशासनदेखि सबै तहका सरकारले सुरक्षाको व्यवस्था मिलाउनुपर्नेछ ।

कोभिड– १९ को जोखिम रोकथाम र नियन्त्रण गर्न चालेका कदमको समीक्षागर्दै सरकारले सानो संख्यामा मात्र संक्रमण केश कायम राख्न सकेकामा सन्तुष्टि व्यक्त गरेको छ ।

नेपालमा हाल सम्म कोरोना भाइरसको ९ जना संक्रमित फेला परेका छन् ।तीन जना एकै दिन शनिवार फेला परेका छन् ।नेपालमा पहिलो पटक आफन्तबाट संक्रमण फैलिएको देखिएकोछ ।विमानबाट आएकी महिलाको आफन्तमा संक्रमण देखिएकोछ ।

सरकारले फौजदारी कसुर तथा सजाय निर्धारण कार्यान्वयनसम्बन्धी सजाय निर्धारण समितिमा विज्ञका रुपमा रवीन्द्र भट्टराई र कुन्सान लामालाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै अपराध पीडित संरक्षण ऐनको व्यवस्था भएअनुसार, पीडित संरक्षण समितिमा विज्ञका रुपमा डा शङ्करकुमार श्रेष्ठलाई नियुक्ति गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]