०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

वडाध्यक्ष भारतबाट घर फर्केपछि स्थानीय त्रसित …!

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,२३ चैत्र ।धनुषा जिल्लाका एक वडाध्यक्ष भारतको मधुबनीबाट घर फर्केपछि स्थानीय त्रसित बनेका छन् ।

जनकननदनी गाउपालिका २ का वडाध्यक्ष भोगेन्द्र पाठक भारतबाट घर फर्केपछि स्थानीय त्रसित बनेका हुन् । उनी कोरोना भाइरस लागेको हुनसक्ने स्थानीयको अनुमान छ । सोही कारण वडाध्यक्ष पाठकको स्वास्थ्य परीक्षण गराउन स्थानीयले माग गरेको स्थानीय युवा नेता सुनिल कुमार यादवले जानकारी दिएको छ ।

नेता यादवका अनुसार मधुवनीमा उनको घर पनि रहेको छ । उनी मधुबनीबाट १ महिना बसेर हिजो शनिबार घर आइपुगेका हुन् । उनलाई कम्तिमा क्वारेन्टाइनमा राख्नुपर्ने स्थानीयहरुले जोरदार माग गरेको छ ।

ईलाका प्रहरी कार्यलय खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकयाले वडाध्यक्ष पाठक भारतबाट फर्केको जानकारी पाएको र के गर्ने विषयमा गाउँपालिका प्रमुखसँग छलफल भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]