अनिल तिवारी
वीरगञ्ज ,२४ चैत्र। पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी टोलमा बुहारीको हत्या गरेको आशंकामा प्रहरीले सासुससुरा, देवरानी सहित चारजनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २५ वर्षिया उर्मिला पण्डितको हत्यागरि शव जलाएको उजुरी आएपछि अनुसन्धान थालिएकोछ ।उर्मिलाको शनिवार जलिरहेको चित्तालाई निभाएर प्रहरीले जल्न बाँकी रहेका अंश संकलन गरी परीक्षणका लागि पठाएको छ ।
बुहारी उर्मिलाको हत्यामा संलग्न रहेको आशंकामा उनका ६० वर्षीय ससुरा सुरेश पण्डित, ५५ वर्षीया सासु फूलकुमारी देवी र २३ वर्षिया देउरानी मालती देवी समेत चार जनालाई प्रहरीले नियन्त्रणमा लिएकोछ ।
नियन्त्रणमा लिइएका व्यक्तिहरुबाट घटनाको अनुसन्धानमा सहयोग मिल्ने जनाउँदै प्रहरीले अनुसन्धानको प्रकृया टुंगिनसकेको जनाएको छ । प्रहरीले घटनामा थप मानिसको सहभागिता रहे नरहेको यकिन नभएको बताउँदै अनुसन्धान प्रकृया अगाडी बढेको बताएकोछ ।
जिल्ला प्रहरी कार्यालयले पोखरी इलाका प्रहरी कार्यालयबाट घटनाको अनुसन्धान भइरहेको र प्रारम्भिक चरणमा परिवारका चार जना सदस्यलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
बृद्धबृद्धा सासुससुराले नै हत्या गरेको हुन सक्ने संभावना कम छ ।यसमा अन्य मानिसहरुको संलग्नतालाई दृष्टिगतगरि अनुसन्धानलाई अगाडी बढाइएको छ ।