०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

दूरी कायम राख्दै गहुँ भित्र्याउन कृषि मन्त्रीको सुझाव

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

न्यूजमधेश सम्बादाता
सप्तरी ,२५ चैत्र । लकडाउनको तेस्रो हप्ता शुरु भइसकेको छ । यहीं समयमा कृषकले लगाएको गहुँ बाली भित्र्याउने बेला पनि हो । किनभने गहुँबाली पाकिसकेको छ ।

कृषिको हब मानिने प्रदेश २ का कृषक गहुँ कसरी भित्र्याउने भन्ने चिन्तामा डुबिरहँदा संघीय सरकारले सतर्कता अपनाउँदै बाली भित्र्याउन भनिसकेको छ । प्रदेश २ का भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह गहुँ खेतहरुको निरीक्षण गरेका छन् ।

आफ्नो गृह जिल्ला सप्तरीको बिभिन्न स्थानीय तहमा लगाइएको गहुँ खेतमै मन्त्री साह पुग्दा कृषक गहुँ काटन व्यस्त थिए । मन्त्री साहले गहुँ काट्दा र भित्र्याउँदा कम्तीमा तीन फिटसम्मको दूरी कायम राख्न आग्रह गरे । साथै उनले मास्क लगाएर काम समेत कृषकसँग आग्रह गरे ।

जिल्लाको छिन्नमस्ता, महदेवा, तिलाठी–कोइलाडीसहितका स्थानीय तहमा लगाइएको गहुँ खेतको निरीक्षण गर्न मन्त्री साह पगेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]