०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

मारवाडी सेवा समितिद्वारा कमला नगरपालिकामा राहत वितरण

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२५ चैत्र ।मारवाडी सेवा समिति जनकपुृरधामले सोमवार धनुषा जिल्लाको कमला नगरपालिकाको माची र जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १८ मा राहत सामग्री बितरण गरेको छ ।

समितिका अध्यक्ष ललित बजाजले जनाए अनुसार माचीमा ७५ बिपन्न परिवारलाई चामल, दाल, तेल, आलु, सोयाबिन, चाउचाउ, साबुन लगायतका समानहरु उपलब्ध गराइएकोछ ।

त्यसैगरि समितिले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १८ मा ३० विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

समितिले तीन दिनदेखि नियमित रुपमा राहत सामग्री उपलब्ध गराउदै आएकोछ ।समितिले आफ्नो कोष र विभिन्न दाताहरुबाट प्राप्त सहयोगलाई समेटेर प्याकेज बनाइ राहत सामग्री वितरण गर्न थालिएकोछ ।

अध्यक्ष बजाजले पहिलो चरणमा ५ सय परिवारलाई राहत सामग्री उपलब्ध गराउने तयारी गरिएको बताए ।उनले आवश्यकता अनुसार संख्या बढाउन सकिने जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]