०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

जन्मोत्सवमा पत्रकार बेल्वासेद्धारा विपन्न परिवारलाई राहत वितरण

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

न्यूजमधेश सम्बादाता
कपिलवस्तु ,२५चैत्र।जन्मदिनको अवसर पारेर नेपाल पत्रकार महासँघका सह सचिव तथा लुम्बिनी दर्पण पत्रिकाका प्रकाशक मोहन बेल्वासेले अति विपन्न परिवारमा राहत वितरण गर्नुभएको छ ।

लक डाउनका बेला मागि खाने वर्गका अति विपन्न २ घर परिवारमा राहत वितरण गरिएको हो । बाणगंगा नगरपालिकाको वडा नं ६ मा १५ वर्ष देखि रुखमुनी साहरा लिएर बस्दै आएकी करिव ३८ वर्षिया ज्ञानी थरुनी र सुकम्बसी बस्तीका बयोवृद्ध तेज बहादुर दमैको परिवारलाई चामल,चिउरा,भुजा तेल ,सावुन ,नुन,हरियो तरकारी लागाएतका सामग्री वितरण गर्नुभएको थियो ।

रुख मुनी वस्दै आयकी ज्ञानी थरुनी सुस्त मनस्थितिकी महिला हुन उनले गाउ एउटा ठुलो रुखमुनी सानो त्रिपालको झुपडी मा बस्दै आएकी र गाउँघर नजिकका पसलमा मागेर जिवन निर्वाह गर्दै आएकी थिईन ।

लक डाउन र कोरोनाका कारण घरमा आउन बन्देज र पसल समेत बन्द भएको अवस्थामा उनी २ दिन देखि भोकै जिवन निर्वाह गरेको स्थानियले बताएका थिए ।उता वृद्ध दमै परिवारमा समेत साहरा कोही नभएको र विहान साझ छाक टार्न समेत खाध्यन्न नभएको केहि समय अधि थाहा पाएपछी राहत वितरण गरेको बेल्वासेले बताउनुभयो।

बेल्वासेले जन्मदिन अव दिन दुखिका क्षेत्रमा वा वृक्षरोण गरेर मनाउनुपर्ने बताए । यी दुई स्थानमा राज्य वा स्थानिय जन प्रतिनिधिहरुको पहुच पुग्न सकेको छैन् ।बेल्वासेले आगामी दिनमा अन्य दिन दु.खि हरुलाई समेत सहयोग पुयाउने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]