०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

भिडियो कन्फ्रेन्सबाटै मधेश ईन्जिनियर्स एसोसिएसनको गठन,अध्यक्षमा यादव

Logo
प्रकाशित बुधबार, चैत्र २६, २०७६

न्यूजमधेश सम्बादाता
सिरहा,२६ चैत्र । मधेश ईन्जिनियर्स एसोसिएसनको सिरहा जिल्ला कार्यसमिति मंगलबार गठन भएको छ !

विश्वव्यापी रुपमा फैलिएका कोरोना भाइरसको जोखिमबाट जोगिनकोलागि नेपाल सरकारले लगाएको लक डाउनलाइ मध्यनजर राख्दै मंगरबार अनलाईन भिडियो कन्फ्रेन्सबाट समिति गठडन गरिएको हो । ईन्जिनियर तेजनारायण यादवको नेतृत्वमा ४६ सदस्यीय मधेश ईन्जिनियर्स एसोसिएसन सिरहा जिल्ला कार्यसमिति गठन गरिएको एसोसिएसनका केन्द्रिय अध्यक्ष ई संजिप कुमार यादवले बताए ।

समितिको वरिष्ठ उपाध्यक्षमा ई धनेश्वर यादव, उपाध्यक्षमा ई. जिबछ साह, महासचिवमा ई. प्रमोद कुमार साह, सचिवमा ई. बिनोद अधिकारी, कोषाध्यक्षमा ई. सुरेशचन्द्र यादव, सह–कोषाध्यक्षमा ई. रुपेश कुमार साह छन् ।

समितिको मिडिया संयोजकमा ई. अरविन्द सिंहलाई चयन गरिएको छ ।

समिति सिरहा जिल्लाका विभिन्न पालिकामा रहेको इन्जिनियरहरुको यो छाता संगठन हो । यस संगठनमा इन्जिनियर्रिंग पढेका व्यक्तिहरु मात्र जुडन सकिने एसोसियनका केन्द्रीय अध्यक्ष ई संजिप कुमार यादवले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]