०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

बिना सेल्फीको सुटुक्क दिए एक लाखको राहत सहयोग

Logo
प्रकाशित आइतबार, चैत्र ३०, २०७६

 

मनोज बनैता, सिरहा, ३० चैत । कोभिड –  १९ माहामारी ले उब्जाएको वैश्विक चिन्ता र त्रासको माहौलमा खासगरी दैनिक ज्यालादारी गरि काम गर्ने समुदायलाई धेरै ठूलो संट्क परेको छ । सरकारले घोषणा गरेको लकडाउन ले २ हप्ता पार गरिसक्दा गरिब मजदुरलाई दुई छाक टार्न हम्मेहम्मे परेको छ ।


वर्तमान असहज अवस्थालाई मध्यनजर गर्दै प्रदेश र स्थानिय सरकार द्वारा पीडितवर्गको लागि  राहतको घोषणा भएपनी लामो लकडाउनले गर्दा उक्त रकम अपुग हुने बिज्ञहरु बताउछन् ।हालमै लाहान नगरपालिका ले सम्पन्न व्यापारी, उधोगपती, लगायत संघ संस्थालाई आफू खुशी राहतको निम्ति  बैंकका अकाउन्ट सहितको सूचना जारी गरेको थियो ।

यता राहत बितरण प्रक्रियाको पनि जनस्तरमा व्यापक आलोचना भईरहेको छ । दुई केजी चामल बाँड्ने जनप्रतिनिधिले गरिबलाई बिचमा राखी चारैतिरबाट कार्यकताहरुले घेरेर सेल्फी लिने होडबाजी नै चलेको देखिन्छ । ती सबै आलोचनालाई मध्य नजर गर्दै  सिरहाका निजि बिधालयहरुको साझा संगठ्न नेशनल प्यापसन लाहान नगरसमितीले बिना कुनै प्रचारबाजीको रु. एकलाख छ हजार पाँच सय रकमको सहयोग गरेको छ । उक्त रकम नेशनल प्याब्सनका नगर समितिले लाहान नगरपालिकाको खातामा जम्मा गरेको खबर एभरेस्ट कलेजका प्रीन्सिपल चक्रपाणी दहालले समाजीक संजालमार्फत सार्वजनिक गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]