०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

सम्पुर्ण मधेसी तथा गैरमधेसीलाई आत्म संयम हुन गैर आवासीय मधेसी संघको आह्वान

Logo
प्रकाशित आइतबार, चैत्र ३०, २०७६

मनोज बनैता

सिरहा, ३० चैत। कतारमा रहेका मधेसी, गैर-मधेशी समुदाय, संघ, संस्था लगायत  सम्पुर्ण मधेसवासी लाई गैर आवासीय मधेसी संघ ले कोभिड -१९ त्रासको बेला आत्म संयम हुन आह्वान गरेका छन ।

प्रेस विज्ञप्ति जारी गर्दै गैर आवासीय मधेसी संघले कतारमा रहने सबैलाई कतर सरकारको निर्णय र निर्देशन पालन गर्न अनुरोध गर्दै कोरोना वायरस संक्रमण को संभावित जोखिम नियंत्रित मा साथ दिन अनुरोध गरेका छन ।

विज्ञप्ति मा भनिएको छ कि एनारएमए संग जोडिएका सम्पुर्ण मधेसीहरु आ आफ्नो  रूम, कैंप वा आफ्नो क्षेत्रमा रहेका साथीभाइहरुलाई पनि सुरक्षित रहन जानकारी दिनुहोस ।

लकडाउनको समयमा कुनै कारणवस कतर सरकार द्वारा घर पठाईएको खण्डमा वा कम्पनी द्वारा लिनुपर्ने बक्यौता रकम पाईएन भन्ने लकडाउन हटे पछि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिएको छ ।

विज्ञप्ति द्वारा कोरोना संक्रमितलाई स्वास्थलाभको कामना र ज्यान गुमाएकाहरुको परिवार प्रति सम्बेदना ब्यक्त गरिएको छ ।साथै कसैलाई संक्रमण को शंका लागे कतर सरकार द्वारा जारी गरिएको 16000 मा सम्पर्क गर्न सुझाव दिईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]