१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

लाहान नगरपालिकाद्वारा बाडिएको चामल खाँदा झाडापखाला

Logo
प्रकाशित बुधबार, बैशाख ०३, २०७७

मनोज बनैता
लाहान, ३ बैशाख । कोभिड -१९ को कहरले संसारै भर हडकंप मचाएको छ । देशमा लकडाउन बैशाख १५ सम्मको लागि लम्बिएको छ । नेपाल सरकारले बिपन्न वर्गमा खाद्यान्न लगायतका राहत बाँडी लकडाउन को पुर्न पालना गर्नगराउन निर्देश भएको बेला सिरहाको लाहान नगरपालिकाद्वारा राहतको नाममा कुहिएको चामल बाँडिएको छ । दैनिक मजदुरी गरेर दुई छाँक टार्ने वर्ग मजदुरी गर्न नपाएपछि हातमुख जोड्न अप्ठ्यारोमा छन ।

यता सिराहाको लहान नगरपालिकाले एक करोड ३० लाख खर्च गरेको छ राहत बाँडने काम गर्नैलाग्दा राहतमा बाडिएको चामल कुहिएर डल्लो परेको गुनासो आउने क्रम जारी छ । राहतमा पाएका चामलको भात खाँदा कैयौं लाई पखाला लागेको पनि खबर प्राप्त भएको छ ।

प्राप्त सुचना अनुसार नगरपालिकाले खाद्य संस्थान अञ्चल कार्यालयबाट चामल खरिद गरेको थियो । एक हजार ६ सय क्विन्टल चामल किनेर नगरपालिका ल्याएपछि नयाँ प्याकिङ गरेर २०–२० किलोको पोका बनाइएको थियो । कुहिएको चामल खाँदा पेट दुखेर पखाला लागेको गुनासो खासगरी वडा नं. ५, १५ र २४ बाट आउने क्रम जारी छ ।

लाहान ५ का लक्ष्मी मेस्तर ले भनिन ‘खानेकुरा नभएकाले त्यही चामल पनि खाए, तर मैले निल्न नसकेपछि भातै फाल्नु पर्यो । ‘ त्यसैगरी लाहान ५ को कृष्ण कन्हैया, लाहान २४ लगनलाल पासवान लागायत ले यस्तै समस्या सुनाए । यता नगरपालिकाले ‘बितरित चामल गुणस्तरमा कम नभएको’ दावी गर्दै आएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]