१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

आफु असुरक्षित भएर पनि नेपाललाई सुरक्षा दिँदै सशस्त्र प्रहरी बिराटनगर

Logo
प्रकाशित बुधबार, बैशाख ०३, २०७७

राजेश शर्मा / मनोज बनैता
बिराटनगर, ३ बैशाख ।नेपालमा लकडाउनको अवधि थप गरिएको अवस्थामा स्थानिय सुरक्षानिकायहरुले सर्वजनिक ठाउहरुमा भिड भाड हुन नदिन र लकडाउन पालना गर्न जनचेतना को लागी माईकिंग गर्नु का साथै अनावश्यक भिड गरेर हाट बजार समेत लगाउन निषेध गरियेको अवस्थामा जहा एक टोल को व्यक्ती अर्को टोलमा प्रवेश मा रोक लगाइएको छ त्यही नेपाल भारतको खुला सिमानाको फाइदा उठाउँदै कोही कोरोना संक्रमित नेपाल प्रवेश गर्न सक्ने उच्च जोखिममा रहेको सुनसरीको केहि गाविसहरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सतर्कता अपनाउँदै २४ घण्टे ड्युटी गर्नेक्रममा प्रहरीहरु आफैं असुरक्षित भएको महसुस गर्न सकिन्छ ।

अहिले नेपालमा पनि तबलिकी जमात बाट फर्किएका व्यक्तिहरुमा संक्रमण देखिनु र भारत सरकारले त्यस्ता व्यक्तिहरुको खोजीकार्यलाई तीव्रता दियेको हुनाले कोही पनि नेपाल प्रवेश हुन नदिन सशस्त्र प्रहरीहरु कडा रुपमा प्रस्तुत भयेको देख्न सकिन्छ । सोही क्रममा तब्लिकी जमात बाट नेपाल प्रवेश गरेका मध्ये सप्तरीमा थप दुई जनाको आरडिटी रिपोर्ट पोजेटिभ आयेको छ ।

संवेदनशील रहेको सुनसरीको खुल्ला सिमानाहरुमा घुस्की, कप्तानगन्ज, साहेबगंज र अमरुवामा सशस्त्र प्रहरी बल बॉर्डर आउट पोस्टहरुले नेपालीहरुको श्वास्थ्यका लागी ड्युटी गरिरहेको स्थानहरुमा सबै तिर घना मकै को खेतीहरु रहेकोले अहिलेको बद्लिदो मौसम का कारण दिनभरी को लागी ठिकै भयेपनि रातको समयमा पानी पर्नु, सर्पहरु निस्किनु देखी लियेर लामखुट्टेको आतंकको सिकार हुनुपरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]