०८ माघ २०८१, बुधबार
22-01-2025 , Wed
×

भोजमा अत्यधिक खर्च गर्ने मधेशी समुदाय राहत बाडन किन पछाडि ? – देवकुमार यादव

Logo
प्रकाशित बुधबार, बैशाख ०३, २०७७

मनोज बनैता
सिरहा, ३ बैशाख । कोभिड -१९ महामारीको बेला दैनिक ज्यालादारी कामगर्ने मजदुरहरूको अवस्था भन्ने दिन दिनै दयनीय बन्दै गएको छ । स्थानीय सरकारद्वारा बितरित राहतमा अनियमितता हुँदै गरेको जनगुनासो बढदै गर्दा नेपाल पत्रकार महासंघ सिरहाका पुर्व अध्यक्ष तथा वर्तमान केन्द्रिय सदस्य देवकुमार यादवले मधेसी समाज उत्तरदायी भएर यस्तो बिपतको बेला अगाडि आउनुपर्ने जिकिर गरेका छन ।

पत्रकार यादव भन्नुहुन्छ ‘मृत्यु , विवाह, जन्म उत्सव लगायत समाजिक कृयाकलाप को अवसरमा आर्थिक क्षमता भन्दा अत्यधिक खर्च गर्ने संस्कार मधेश र मधेशीको छ ।  एउटा परिवारले ५० क्विन्टल चामल को भोज गर्ने हैसियतमा रहेका समुदायले त्यस को आधी नै खर्च गरे कोई पनि भोकै नरहला र यो भन्दा पुनीत अवसर र धर्म को मौका कहिले पाउला र ? ‘

त्यसैगरी पत्रकार यादव ले हालै सिरहामा प्रहरी र स्थानीय बिच  भएको बिबादका बारेमा भन्नुहुन्छ ‘आफू शुद्ध घरेलु बिल्कुल आर्गेनिक चाखि चाखि खाने अनि आफ्नो स्वास्थको ख्याल नगरी हाम्रो लागि दिनरात बोर्डरमा खटिरख्ने सुरक्षाकर्मीको एक आध गल्ति लाई तिलको पहाड बनाउन खोजिनु दु:खद छ र यसलाई पुलिस दमन को कुरो गरी राजनीतिक रंग दल्नु अहिलेको समय प्रतिकुल कुराहरु हुन ।’

राहत को सवालमा न्युज मधेस संग कुरा गर्दै यादवले भने कि ‘जोखिम मोलेर भएपनि खाद्यान्न लगायतका राहत सामग्री खरिद गरेर वितरण गर्न स्थानीय सरकार रुचाउँछन् । पीडित लाई नगद नै दिए परिमाण बढ्ने,जनशक्ति कम लाग्ने र पारदर्शी पनि हुने अनि मान सम्मान पनि बढ्ने हुन्छ।’ उनको भनाइ अनुसार पीडितले पाउने राहतमा कसैको लोभ छैन भने त्यो अभ्यास गरिनुपर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ, ४ भदौ । बाँचिरहेको जिन्दगीका बेलामा कहीँकतै प्रदीप गिरीले भन्नुभएको थियो, “मृत्यु नै जीवनको अन्तिम पाना हो ।” यो जीवन र जगत्लाई जसरी प्रदीप गिरीले बुझ्नुभयो जिन्दगीलाई शास्त्रीय ऐनाबाट हेर्ने, जिउने र बुझ्नेहरू सायदै हुन्छन् यो संसारमा । उहाँले बाँचेको निजी जीवन, राजनीतिक र सामाजिक जीवनको त्यो अद्भूत संयोग सायदै कसैको जीवनमा हुन्छ । […]

काठमाडौँ, ३ भदौ  । आजभन्दा १७ वर्ष पहिले अर्थात् २०६४ मा आजैका दिनदेखि सूचनाको हक कार्यान्वयनमा आएको हो । सोही वर्षको साउन ५ गते संसद्बाट पारित भएको यो ऐन ३० दिनभित्र जारी हुने प्रावधानअनुसार भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको हो । सूचनाको हक कार्यान्वयनमा आउनेबित्तिकै सुशासनका साथै पारदर्शी र सहभागितामूलक लोकतन्त्र प्रवर्द्धनका सन्दर्भमा नयाँ बहस […]

जनकपुरधाम ।विद्यार्थी जनमत संघ राजर्षि जनक विश्वविद्यालय ( विश्वविद्यालय क्याम्पस) प्रथम एतिहासिक ईकाइ कमिटी गठन भव्य रुपमा सम्पन्न भएको छ। विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादव अध्यक्षतामा बसेको बैठक र जनमत पार्टीका केन्द्रिय सदस्य धनुषा इन्चार्ज सुरेन्द्र कुमार मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकबाट विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बीरेन्द्र यादवको अध्यक्षतामा शनिबार क्याम्पसमा आयोजित […]