२७ फाल्गुण २०८१, बुधबार
12-03-2025 , Wed
×

नीलगाई मृतावस्थामा फेला

Logo
प्रकाशित बुधबार, बैशाख ०३, २०७७

न्यूजमधेश सम्बादाता
महोत्तरी,३ बैशाख । जिल्लाको गौशाला नगरपालिकामा जङ्गली जनावर नीलगाई मृतावस्थामा फेला परेको छ ।

जिल्ला वन कार्यालयका अनुसार गौशाला नगरपालिका—१ स्थित एभरेष्ट चिनी मिलमा नीलगाई मृतावस्थामा फेला परेको हो । वनमा डढेलो लागेका कारण वनबाट भागेर चिनी मिलमा लुकेर बसेको नीलगाई सोही चिनी मिलमा मृतावस्थामा फेला परेको जिल्ला वन कार्यालयका प्रमुख हेमन्त साहले बताउनुभयो ।

अहिले दैनिक रुपमा वनमा डढेलो लाग्ने गरेकाले आगोको डरले वन्यजन्तुहरु वन छाडेर गाउँवस्तीतिर पस्ने गरेका छन् । सोही क्रममा वैशाख १ गते चिनीमिलमा पसेर फँसेको नीलगाई मृत फेला परेको प्रमुख साहले बताउनुभयो ।

नीलगाई चिनी मिलमा फँसेको जानकारी पाएपछि स्थानीयवासीको सहयोगमा जिल्ला वन कार्यालयबाट उद्धारका लागि पुगेका टोलीले सो नीलगाई मृतावस्थामा फेला पारेको उहाँले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]