न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,४ बैशाख।लकडाउनकै कारणले छाक टार्न समस्या भएको विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
विहिवार धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ ठाढी झिझामा वडाअध्यक्ष बिनोद गोहितमान अध्यक्षतामा चार सय १९ घरपरिवारलाई रातह वितरण गरेको छ ।
सो राहत वितरण कार्यक्रममा विदेह नगरपालिकाको मेयर बेचन दास ,उममेयर निलम देवीको उपस्थितिमा समाजिक दुरी कायम गरेर वडा नम्बर ४ का चार सय १९ घरपरिवारलाई राहत वितरण गरेको वडाध्यक्ष गोहितामानले जानकारी दिएको छ ।