१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

विदेशमा फसेका नेपालीलाई सुरक्षित रुपमा ल्याउ : अध्यक्ष यादव

Logo
प्रकाशित शुक्रबार, बैशाख ०५, २०७७

न्यूजमधेश सम्बादाता
काठमाण्डु ,५ बैशाख।रोजगारीको क्रममा विदेशमा फसेका नेपालीलाई सुरक्षित रुपमा ल्याउन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माग गरेका छन् ।

भारत बाहेकका देशमा लगभग ६० लाख नेपाली नागरिक विदेशमा रहेको उल्लेखगर्दै पूर्व विदेशमन्त्री समेत रहेका यादवले भने, उनीहरुले नै पठाएको विप्रषण(रेमिट्यान्स) अथवा वैदेशिक रोजगारीबाट कमाएको पैसाको भरमा देश चलेकोछ ।

‘ कुल बजेटको लगभग २३ प्रतिशत भाग रेमिट्यान्सले नै ओगटेकोछ ’ समाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिकगर्दै यादवले भने, तर विदेशमा रहेका नेपालीहरू अहिले भारत, मलेशिया , कतार , कोरिया, दुबई , सउदीअरब लगायतका मुलुकहरूमा बिचल्लीमा परेका छन् । उनीहरु आफनै मातृभूमिमा आउन चाहेको उल्लेखगर्दै यादवले भने, सरकारले कुनै चासो नलिई बेवास्ता गरेको छ ।

‘स्वदेश फर्कन चाहने नेपालीहरुलाई ल्याउन सरकारले चासो नलिनु दुखद र गैरजिमेवार काम हो ’ अध्यक्ष यादवले भने, नेपाल सरकारले उनीहरुलाई स्वदेश फर्काउने काम चाँडो गरोस् ।
यसैबीच सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिम अवस्थाका नेपाली नागरिकको उद्धार गर्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको इजलासले विदेशमा जोखिममा रहेका नागरिकलाई नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने वा उद्धारका लागि पहल गर्न बिहिवार अन्तरिम आदेश दिएको हो ।
अदालतको आदेशमा विदेशमा जोखिममा रहेकाहरु अनियन्त्रित र अव्यवस्थित रुपमा नेपाल प्रवेशबाट थप जोखिम हुने उल्लेखछ । नागरिकलाई त्यसबाट जोगाउनका लागि नागरिकको स्वास्थ्य र सुरक्षाको हितलाई ध्यान दिँदै उद्धार गर्न अदालतले आदेश दिएको छ ।

नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जोखिमबाट संरक्षण गर्न नागरिकको व्यक्तिगत अधिकार तथा बहुसंख्यक जनताको जीवन, स्वास्थ्य र सुरक्षाको हितलाई समेत सन्तुलित तरिकाले संरक्षण गर्दै सुक्ष्म, गम्भीर एवं संवेदनशील तरिकाले विना भेदभाव, विना स्वेच्छाचारी, विवेकपूर्ण तरिकाले नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने उद्धारका लागि आवश्यक प्रशासनिक, आर्थिक व्यवस्थापकीय पहल गर्न अदालतले अन्तरिम आदेश जारी गरेकोछ ।

विदेशमा रहेका पीडित नेपालीहरुले स्वदेश फर्काउन सरकारलाई आग्रहगर्दै आफ्ना पीडा सहितको भीडीयोहरु समाजिक सञ्जालमा अपलोड गर्न थालेका छन् । कतिपय देशले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फिर्ता लैजान दबाब दिइरहेको बेला रिट निवेदकले उठाएको विषयमा राज्यले टुलुटुले हेरेर बस्न नसक्ने आदेशमा उल्लेखछ ।

महामारीको अवस्थामा सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकको हकमा तत्कालै पर्याप्त र प्रभावकारी थप प्रयास गर्न आवश्यक देखिएको अदालतको आदेशमा उल्लेख छ ।
आप्रवासी नेपाली कामदारलाई कोभिड १९ बाट बचाउन परमादेशलगायतका आज्ञा आदेश माग गर्दै अधिवक्ता सोमप्रसाद लुइँटेल, प्रकाश खनाल र सुदीप देवकोटाले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

यस अघि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलेपनि विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वेदश फर्काउन माग गरेका थिए ।तर सरकारले वास्ता गरेको छैन् ।विदेशमा रहेका नेपालीहरुलाई स्वदेशमा ल्याएर क्वारेन्टाइन लगायत सम्पूर्ण स्वास्थ्य परीक्षणको प्रकृया पुरा गर्न सरकारलाई विभिन्न निकायहरुले सुझाव दिएपनि त्यस विषयमा हाल सम्म कुनै निर्णय भएको छैन् ।

परदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन पहल नगरेपनि सरकारले काठमाण्डुमा रहेकाहरुलाई बाहिर जान दिने विषयमा छलफल गरेपनि प्रदेश सरकारको विरोधको कारण त्यो संभव हुन सकेको छैन् ।तर लकडाउन उल्लंघनगर्दै पैदल नै मानिसहरु आ–आफ्ना घर फर्किन थालेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]