१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

मेयर बर्बरियाको योजनामा पत्रकार कुटिए,लाठिको बलमा दादागिरी

Logo
प्रकाशित शुक्रबार, बैशाख ०५, २०७७

न्युज मधेस सम्बाददाता

जनकपुरधाम,५ बैसाख।
विश्व महामारी कोरोनालाई लिएर सरकार सचेत रहेको समय धनुषाको एक स्थानिय तहका नगरप्रमुखले लाठिको आडमा राजनिती गरिरहेको समय क्वारेन्टाइनको अवस्था बुझ्न तथा रिपोर्टिङ गर्न पुगेका दुई पत्रकारलाई योजनाकार नगरप्रमुखले कुट्न लगाएका छन।

धनुषाको शहिदनगर नगरपालिकामा निर्माण गरिएका क्वारेन्टाइन जिल्लाभरिमै परिक्षणको आधारले नमुना रहेको भन्दै नगरप्रमुख उदयकुमार बर्बरिया यादवले सामाजिक सन्जालमा प्रचारबाजी गरिरहेका बेला जनकपुरबाट क्वारेन्टाइनको अवस्था बुझ्न तथा रिपोर्टिङ्ग गर्न पुगेका दुई पत्रकार मनोज मोरबैता तथा सिबेन्द्र रोहितालाइ नगरप्रमुख बर्बरियाले योजनाबद्ध तरिकाले गुण्डाको शैलिमा कुटपिट गरेका छन।

कुटपिट गरेका ती युवाहरुले आफू संग रहेको संचारसामाग्री क्यामरा र ल्यापटप समेत खोसिएर लगेको संचारकर्मी रोहिताले बताए।

कुटिएका दुई पत्रकारहरु मनोज जनकपुर टुडेमा कार्यरत छन भने सिबेन्द्र रोहिता टुडेखोज अन्लाइनमा कार्यरत छन।

“हामी शहिदनगरको क्वारेन्टाइनको अवस्थाबारे रिपोर्टिङमा पुगेका थियौ,त्यहाको अवस्था दयनिय छ।त्यहा आउने जाने तथा खटिएका स्वास्थ्यकर्मी समेतको लागि कुनै सुरक्षा ब्यबस्था छैन।कोरोनाको आशंकामा राखिएको बिरामिको लागि समेत कुनै ब्यबस्था गरिएको छैन।हामिले त्यहा पुग्दा अधिकृत लगायत  स्वास्थ्यकर्मीको बाइट लियौ।मेयर बर्बरिया एकछिनमा आउँछ भनेर बुझेपछी आधी घण्टा पर्खियौ पनि तर मेयर नआएपछी हामी लाग्यौ।साथिहरु संग कोयलपुरमा कुरा गर्दैगरेको बेला अचानक आएका अज्ञात ४ जनाको युवाको समुहले हामिमाथी निर्घात कुटपिट गर्यो।”सन्चारकर्मी मोरबैताले बताए।

कुटपिटबाट गम्भीर घाइते दुबैजनालाइ प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेका छन।पिडित संचारकर्मी रोहिता र मोरबैताले आवश्यक खोजबिन र सत्यथ्य पता लगाइ कार्वाहिको माग गरेका छन।

घटनाको निहुँ :
सामाजिक सन्जालमा बढी लोकप्रियता दर्साउने नगरप्रमुख उदयकुमार बर्बरियाको नगरमा जनताको असन्तुष्टि रहेको खबर पाउनासाथ एक हप्ता अगाबै मात्र पत्रकार मनोज कुमार मोरबैता रिपोर्टिङ गर्न पुगेको थिए।त्यहां लकडाउन प्रभाव नदेखिएको तथा इटाभट्टा बारे समाचार सम्प्रेसन गरेको थियो।

मेयरलाइ यो कुरा अपच भएपछी आफ्ना निकटतम एक युवा सुरेन्द्र यादवद्वारा विभिन्न धाक धम्की समेत दिलाउन लगाएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]