१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

समाजसेवी कर्माचार्यको अगुवाईमा वास्तविक पिडितलाई राहत

Logo
प्रकाशित शनिबार, बैशाख ०६, २०७७

 

मनोज बनैता, लाहन, ६ बैशाख । कोभिड -१९ महामारीमा आर्थिक  रुपमा संघर्ष गरिरहेका बिपन्नहरुलाई स्थानीय समाजसेवी संगिता कर्माचार्य र महेश चौधरीको अगुवाइमा राहत बितरण हुँदै आएको छ । नगरपालिका द्वारा नाम समेटिएका वास्तविक पीडितलाई पनि वहाँहरुद्वारा राहत दिईएको बताईएको छ ।

प्रत्येक वार्डमा वास्तविक अति विपन्नको डाटा संकलनगरि राहत बाँडिने काम भईरहेको कर्माचार्य ले बताउछिन् । उनी भन्छिन ‘ यस्तो विपदको बेलामा राहतको नाममा राजनीति गर्नेहरु थुप्रै छन । यि राजनैतिक रोटी सेक्नेहरु ले गर्दा हुनसक्ने सम्भावित भोकमरी ले हामी लाई पिरोलेको छ त्यसकारण हामी यस अभियानमा लागेका छौं ।’ ब्यक्तिगत खर्चमा राहत बाँडने महेश चौधरी र संगिता चौधरीको जोडी अहिले चर्चामा छन ।

चौधरी र कर्माचार्यले स्थानीय ब्यापारीहरु तथा सम्पन्न ब्याक्तित्व समेतलाई समेटेर राहत बाँडने काम गरिरहेका छन । सुचना अनुसार कर्माचार्यको अगुवाइमा लाहान ७ मा पर्ने पशुपति आदर्श मावीको दक्षिण पट्टि रहेका दैनिक ज्यालादारी गरि खाने परिवारलाई राहत सहयोग गरिएको हो । दैनिक रुपमा राहत सहयोग गर्दै आएका यिनी स्थानिय नागरिक समाजका अगुवाहरु ले नगरपालिका द्वारा गन्दै नगनिएकाहरुको पनि आफ्नो लगानीमा सहयोग गरेका छन । लाहान ७ मा  महेश चौधरी, संगीता कर्माचार्य, प्रहलाद सापकोटा र माखन भोग स्विट्स का संचालक ले १० केजी चामल, १ लिटर तेल, १ केजी नुन लौका एक पिस लगायतका राहत सामग्री सहयोग गरेका छन ।

त्यसैगरी लहान नगरपालिका वाडा नं-१५ को अति बिकट ठाउँ  बेतहा खाेला का बिपन, गरिब, असहाय तथा एकल महिलाहरुलाई १० केजी चामल,१ पेकेट तेल ,१केजी दाल,२ केजी आलु, १ केजी  नुन,१ पिस लुगाधुने,१ पिस हाथधुने साबुन ८० घर परिवारलाई बितरण गरेका छन । यसमा उनीहरुलाई स्पिरलोजिकल ईन्टरनेशनल प्राइभेट लि. (यु.एस.ए) , समीर उपाध्याय , प्यारागन स्कुल, एपोलो स्कुल र वडा अध्यक्ष तेज नारायण चौधरीको आर्थिक सहयोग गरेको बताईएको छ ।

महेश चौधरी नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य र संगिता कर्माचार्य नेपाल महिला संघ का केन्द्रिय सदस्य भएपनि उनीहरू अहिलेको अवस्थामा राजनैतिक परिचय लुकाउदै राहत बाडिरहेका छन । कर्माचार्यको अनुसार यो विपदको बेला पार्टी र संगठन भन्दा माथी उठेर मानव कल्याणका निम्ति संघर्ष गर्ने समय हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]