न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,७ बैशाख । प्रेस स्वतन्त्रा सेनानी तथा वरिष्ठ पत्रकार बिन्देश्वरी मण्डल उपचारका लागि शनिवार जानकी हेल्थ केयरमा भर्ना भएका छन् ।८७ वर्षीय मण्डलको रक्त अल्पकता(रगतको कमी) देखिएको छ ।
अस्पतालको सघन उपचार कक्षमा भर्ना रहेका मण्डलको स्वास्थ्यमा सामान्य सुधार भएको छ । नेपाल र भारतका दर्जन बढी पत्र–पत्रिकाहरुमा काम गरिसकेका उनी तथ्य साप्ताहिकका संस्थापक संपादक तथा प्रकाशन हुन् । उनी पंचायतकालमा कयौं पटक पक्राउ परेका थिए ।
तत्कालिन पत्रकारहरुका प्रेरणास्रोत मानिएका मण्डल युवा पुस्ताका लागि पनि अनुकरणीय अगृज हुन् । पत्रकार मण्डलका कान्छा छोरा एवं मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले स्वास्थ्यमा कमजोरी देखिए पछि अस्पतालमा भर्ना गरिएको बताए ।