१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

‘मह’ जोडी झैं ‘महेश र संगिताको’ जोडी हिट, नागरिकता बिहिनलाई पनि राहत बाँँडदै

Logo
प्रकाशित सोमबार, बैशाख ०८, २०७७

 

 

मनोज बनैता, सिरहा, ८ बैशाख । ‘न आलोचना को डर छ न  कुनै कमिसन को लोभ, छ त केवल चिन्ता ती भोका पेटहरुको’ राहत बाँडदै भने लाहान सिंग्राही का महेश चौधरी । कोभीड – १९ महामारी ले गरिएको लकडाउनको चरम मार खेपिरहेका दैनिक ज्यालादारी कामगर्ने मजदुरहरुको ओठमा मुस्कान ल्याउने काम गरिरहेका छन यी महेश चौधरी र संगिता कर्माचार्यको जोडीले । यी मनकारीहरुले गर्दा लाहान नगरका अधिकांश गरिब मजदुरहरुलाई आर्थिक संकटसंग जुध्न बल मिलेको छ ।

 

लाहानका वार्डहरुमा गई यिनीहरूले राहत सामग्री बाँडने कामलाई निरन्तरता दिएका छन । विभिन्न मनकारीहरुको सहयोग र साथ लिई चौधरीले वास्तविक पिडितको नामावली संकलन गर्दै राहत बाँडिरहेका छन । हालमै उनीहरुले तरेगना गोबिन्दपुरमा राहत बाँडे । लाहान स्थित महतो मेडिको सञ्चालक रामावतारको सहयोग एवं साथ पाएर यिनीहरूले गाउँ का २५ घरधुरीलाई चामल १० केजि , दाल १ केजि , आलु २ केजि , साबुन १ पिस , तेल १ प्याकेट, नुन १ प्याकेट बाँडेका हुन ।

 

त्यसैगरी चौधरी र कर्माचार्य कै अगुवाइ मा आईतवार लहान नगरपालिका वाडा नं-१६ का मुसहर बस्तीमा बिपन्न ,असहाय, एकल महिला, नागरिता नभएका तथा नगरपालिका बाट राहत नपाएकाहरुलाई १० केजी चामल,१ केजी दाल, २केजी आलु,१ पैकेट तेल, १ केजी नून र १ पिस साबुन २५ घर परिवार लाई बितरण गरेका छन ।

 

त्यस्तै वडा १७ हरिपुर एक रतिया काे दलित बस्तिमा नागरिकता नभएका र नगरपालिका ले राहत बितरण नगरिएका असहाय, बिपन्न तथा एकल महिलाहरु लाई १० केजी चामल,१ केजी दाल, १ केजी पयाज, १ केजी नुन र १ पैकेट तेलगरि जम्मा ६५ घर परिवार लाई राहत बाँटेका छन जसमा एबी मल गोलबजार, इन्टरफेस कम्प्युटर, अम्बिका अफसेट र एपोलो ॐ स्कुलले साथ र सहयोग गरे ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]