मनोज बनैता, सिरहा, ९ बैशाख । राष्ट्रिय जनता पार्टीले बहुदलीय व्यवस्था र लोकतन्त्रलाई धरापमा पार्न सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको भनी प्रतिक्रिया दिएका छन । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा एक ढिक्का रहेको र जस्तोसुकै षड्यन्त्रले पनि विभाजन नहुने बताएका हुन ।
महतोले राजपा र सपा बिच एकता हुने विषयमा कुनै दुबिधा नरहेको प्रतिक्रिया दिदै उनले राजपा भित्र फुट रहेको हल्ला मात्र रहेको बताएका छन । उनले संघियता लाई समाप्त पार्न खनिएको खाडलमा षड्यन्त्रकारी स्वयं खस्ने दावी गरेका छन ।
सरकारले सोमबार अध्यादेश जारी गर्ने तयारी गरेको कानुनमा संसदीय दलमा ४० प्रतिशत सांसदहरूको समर्थन पाए दल फुटाएर नयाँ दल दर्ता गर्न पाइनेछ । ‘अहिले विश्व महामारीको संकटबाट गुज्रिरहेको बेला सत्ता बलियो बनाउने र सत्ता ढाल्दै मनपरी गर्नको लागी यो अध्यादेश ल्याइएको ‘ महतोको आरोप छ । कोरोना महामारीको समयमा सरकारको यो कमदलाई धेरैले आलोचना गरेका छन ।